सिफारिस एउटीको, पुरस्कृत भइन अर्कै युवती

सिफारिस एउटीको, पुरस्कृत भइन अर्कै युवती


  • श्रीविक्रम भण्डारी

हालै सम्पन्न राष्ट्रिय खेलकुद परिषदको ५४ औं बार्षिक उत्सव विवादको घेरामा परेको छ । परिषदका कर्मचारी, खेलाडी र खेल पत्रकारहरुलाई सम्मान र पुरस्कृत गरिएको उक्त कार्यक्रमा छनोंट समितिले सिफारिस गरेको व्यक्तिको नाम काँटछाँट गरि अर्कै व्यक्तिलाई पुरस्कृत गरेपछि यो कार्यक्रम विवादमा तानिएको हो ।

खेलकुद ऐनले व्यवस्था गरेनुसार ‘परिषद सेवा पुरस्कार तथा बार्षिक उत्सव’ अन्तर्गत परिषदको प्रतिष्ठा र मर्यादा अधिवृधि हुने काम गरेको कर्मचारीलाई परिषदको बार्षिकोत्सवको उपलक्ष्यमा उपनियम दुई बमोजिमको समितिको सिफारिसमा प्रत्येक वर्ष देहायवमोजिम प्रशासन सेवा र प्रशिक्षण सेवागरि दुई, दुई जनालाई परिषद सेवा पुरस्कार दिनेछ भनेर उल्लेख गरिएको छ ।

सोहि ऐन अन्तर्गत राष्ट्रिय खेलकुद परिषदले राखेपकि सदस्य मानकुमारी गुरुङ (अस्मिता) संयोजकत्वमा पुरस्कार समिति गठन गरेको थियो । उक्त समितिमा प्रशासन विभाग प्रमुख बासुदेब आचार्य, तालिम प्रशिक्षण विभागका निर्देशक नविन उप्रेति, कर्मचारी प्रशासन विभाग शाखाका प्रमुख विनोदकुमार उप्रेति र राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापा सदस्य रहेका थिए ।

उक्त समितिले लामो समयसम्म छानविन गरि सर्वोकृष्ट, उत्कृष्ट र परिसद सेवा पुरस्कारवाट सम्मानित हुने कर्मचारीको अन्तिम नामावली तयारपारी परिषदमा बुझाएको थियो । जस्मा सर्वोकृष्टतर्फ खुसराज दाहाल र मेघराज खडायत, उत्कृष्टतर्फ नविन प्रधान र प्रकाश मल्ल र परिषद सेवा पुरस्कारतर्फ गीता ज्ञावाली र परशुनारायण बोहरालाई सिफारिस गरेको थियो । उक्त पुरस्कारको राशी क्रमश २५, १५ र १० रहेको छ ।

गीता ज्ञावाली

समितिले सिफारिस गरेकामध्य पाँचजना कर्मचारी पुरस्कृत र सम्मानित भएपनि गीता ज्ञावाली भने परिषद सेवा पदक पाउनवाट बन्चित भइन । गीताको सट्टा उक्त पुरस्कार रमा कोइरालालाई प्रदान गरिएको थियो । समितिले सिफारिस गरेको गीताको नाम अन्तिम समयमा आएर कस्ले हटायो र रमालाई पुरस्कृत ग¥यो त्यो अहिले राखेपका आम कर्मचारीविच चर्चाको विषय बनेको छ ।

यो वारेमा समितिकि अध्यक्ष गुरुङसंग सम्पर्क गर्दा उनले आफुले गीता ज्ञावालीको नाम नै सिफारिस गरेर पठाएको बताएकि छिन । सवै सदस्यको छलफलपछि ६ जनाको नाम टुङ्गो लागेको बताउँदै आफुले उक्त सिफारिस राखेपमा बुझाएको प्रस्ट पारेकि छिन । तर कार्यक्रममा गीता जीको सट्टा रमाको नाम बोलाइदा आफु नै चकित परेको गुरुङको दावी थियो । यस्तो बठ्याई कस्ले ग¥यो, त्यो प्रति आफु अनविज्ञ रहेको बताउदै गुरुङले भनिन्– यदि समितिले सिफारिस गरेको व्यक्तिलाई पुरस्कृत नगर्ने हो भने किन समिति गठन गरेको उनले प्रश्न गरिन ।

स्मरण रहोस, यो विधामा संतोषी बैद्य, रमा कोइराला र गीता ज्ञावालीको प्रतिस्पर्धा रहेको थियो । संतोषी क्षेत्रवाट सदस्यमा र रमा कर्मचारी संघको केन्द्रिय कमिटीको कोषाध्यक्षमा निर्वाचित भएका कारण गीतालाई उक्त पुरस्कार र सम्मानको लागि समितिले सिफारिस गरेको स्रोतको दावी छ । गीतालाई सिफारिस गरिसकेपछि संघका पदाधिकारीले उनलाई बधाई दिदै सम्मानका लागि तयार भएर जान समेत भनेको बुझिनमा आएको छ ।

तर विड्म्वना, गीताले संघका पदाधिकारीवाट अग्रिम वधाई खाएपनि सम्मानित हुनेवेला अर्को व्यक्ति अर्थात रमा कोइराला भएपछि उनी ‘ट्वा’ परेकि थिइन । यो वारेमा गीता ज्ञावालीसंग सम्पर्क गर्दा उनले न्याउरो अनुहार पार्दै खै के भएको हो, आफुलाई केहि थाहा नभएको वताएकि छिन । पुरस्कार लिन जानुअघि सवैले वधाई दिएका थिए, म पनि कहिले पालो आउँछ र बोलाउँछन भनेर कुरेर बसेकि थिए, तर मेरो नाम कसैले बोलाएन । ज्यादै दुःख लाग्यो ।

सम्मानित हुने कुराले खुशीले गद्गद थिए तर मेरो नाम नै आएन । खै मेरो नाम कस्ले काट्यो मलाई थाहा छैन । आफु सोझो मान्छे, कसैको चाकरी चाप्लुसी गर्न जान्दैन, यहि भएर होला मेरो नाम काटिएको । मलाई यो घटनाले ज्यादै कुठाराघात भएको छ– गीताले भनिन् । त्यस्तै रमासंग सम्पर्कगर्दा उनले आफुलाई यो घटनाको वारेमा कुनै जानकारी नभएको वताएकि छिन । सम्मानगरेपछि सम्मानित हुनैप¥यो भन्दै रमाले यसमा आफ्नो कुनै दोष नभएको प्रस्ट पारिन ।

– रमा कोइराला

त्यस्तै राखेपका सदस्यसचिव केसवकुमार विष्टले समितिले आफुलाई सिफारिस गरेको कर्मचारीको नामकै आधारमा पुरस्कृत र सम्मान गरेको वताएका छन । म कहाँ आइपुग्नुअघि कसैले बदमासी गरेको भए मलाई थाहा छैन, अन्यथा मैले कसैको नाम राख्ने र काट्ने काम गरेको छैन । यदि कसैले यस्तो कार्य गरेको भए आफुले कारवाहि समेत गर्ने बताए । यदि त्रुटबस यस्तो भएको भए त्यसको भरपाई गरिने समेत दावी गरे ।

यसरी समितिले गीता ज्ञावालीको नाम सिफारिस गरेको दावी गर्दा सदस्यसचिवले समितिकै सिफारिसमा पुरस्कृत र सम्मान गरेको हो भन्नुले यहाँ षडयन्त्रको खिचडी पाकेको सोझै अनुमान लगाउन सकिन्छ । राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापासमेत सदस्य रहेको समितिले कस्लाई सिफारिस गरेको थियो त्यो कुराप्रति थापाले अहिले सम्म किन मुख फोर्न सकेका छैनन् त्यो गम्भिर विषय बनेको छ ।

आफुलाई कर्मचारीको मसिहा सम्झिने थापाले एउटा कर्मचारीमाथि गरिएको अपमानको वारेमा कस्तो कदम चाल्छन त्यो हेर्न लायक भएको छ । त्यस्तै खेलकुदका सम्पूर्ण महिलाको प्रतिनिधित्व गर्दै उपाध्यक्ष बनेकि सरस्वती केसी यो विषयमा किन मौनता साँधेकि छिन् ? र, अनदेखि र अनसुनी गरेर कानमा तेल हालेर बसेकि छिन् ? यसमा पनि ठूलो रहस्य लुकेको छ भन्दा अतिसयोक्ति नहोला ।

एक महिला कर्मचारी माथि भएको अपमान उनको अपमान हो कि होइन् ? त्यसको जवाफ केसीले दिनुपर्छ । अन्यथा उपाध्यक्षको कुर्सीमा वसेर महिलाको हकहित र अधिकारको कुरा गर्नु व्यर्थ हुनेछ ।