सरकारी अनुगमनको विरोधमा बिहिबार पनि दरबारमार्ग बन्द

सरकारी अनुगमनको विरोधमा बिहिबार पनि दरबारमार्ग बन्द


सरकारी अनुगमनको विरोधमा व्यापारीले दरबारमार्गका पसल बिहिबार पनि बन्द गराएका छन् । आपूर्तिमन्त्री शिवकुमार मण्डल नेतृत्वमा सोमबार भएको अनुगमनमा ४ हजार ७ सय पर्ने जुत्तालाई २६ हजार मूल्य राखेर बेच्ने गरेकोसम्म भेटिएको थियो ।

नाइक, बेन्ट्ले, पुमा, स्टोर वान, एभिन्यू मार्केटिङसहितका पसलहरुले उपभोक्ता ठगेको पाइएपछि सरकारी टोलीले सिलबन्दी गरेको थियो । ४ हजार ७ सय पर्ने जुत्तालाई २६ हजार मूल्य राखेर बेच्ने गरेकोसम्म भेटिएको थियो ।

सो कदमको विरोध गर्दै दरबारमार्गका व्यापारीहरुले बिहीबारदेखि अन्तरार्ष्ट्रिय ब्रान्डेड पसल अनिश्चितकालका लागि बन्द गराएका हुन् । कानुनअनुसार सामानको मूल्य परलमूल्यभन्दा २० प्रतिशतभन्दा बढी राख्न पाइँदैन । सिलबन्दी गरेका पसलहरु अनुगमनका क्रममा १००० प्रतिशतसम्म बढी मूल्य राखेको भेटिएको थियो ।