फोकल्याण्ड टापु अब कसको हुने ?

फोकल्याण्ड टापु अब कसको हुने ?


-शशी पौडेल
फोकल्याण्ड टापु अब कसको हुने भन्ने प्रश्न विश्वका राजनैतिक पण्डितहरुबीच उठ्न थालेको छ । मुलुक भित्रको आर्थिक अवस्था कमजोर भएर लरखराएको बेला हिंङ्ग सकिए पनि हिंङ बांधेको टालोमा गन्ध नहराएझै वेलायती साम्राज्यको धङधङी अझै मेटिएको छैन । कुनै वेला एक चौथाइ विश्वको एक छत्र राज्य गरेको वेलायतले पछिल्लो पटक आफनो साम्राज्य टिकाउने युद्घ १९८२ मा गरेको थियो । अर्जेन्टिनाका बिरुद्घ फोकल्याण्ड टापु हासिल गर्न ।

विश्वका बिभिन्न मुलुकहरुमा लादिएको बेलायती साम्राज्य प्रथम विश्वयुद्घको अन्त्यसँगै अन्त हुन शुरु भएको हो । यसको पछिल्लो अन्त एक्काइसौ शताब्दीको पहिलो दशकको शुरुमा अर्थात् २००२ सालदेखि हङकङमा आएर टुङ्गिएको भनिए पनि यसको अन्त अझै नभएको सँकेत देखिएको छ । फोकल्याण्ड टापुको विवाद र स्कटल्याण्डको स्वतन्त्रताको माग । आफ्नै घरका छानो चिरा पार्नु पर्ने अवस्था आइरहेको बेला बेलायती पछिल्लो साम्राज्य फोकल्याण्ड टापुमा समस्या देखिएको छ । यद्यपि बेलायती राजकुमार विलियम केही हप्ताका लागि फोकल्याण्ड टापुमा छिट्टै पुग्दै छन् ।

फोकल्याण्ड टापुका सरकार प्रमुख रोजर स्पिङ्कले भने अर्जेन्टिनाका हेलिकप्टरहरु फोकल्याण्ड टापुमाथि उडिरहेको देख्दा आफ्नो मुलुक स्वतन्त्रताको बाटो हिँडिरहेको सँकेत मिलेको कुरा अभिब्यक्त गरेका छन् । तर उता फोकल्याण्ड टापुमा बेलायती आर्मीको नेतृत्व गरेर बसेका ब्रिगेडियर कमान्डर विल अल्ड्रिजले भने यदि हाम्रो प्रमुख उद्देश्य अर्जेन्टिनाका सेनाबिरुद्ध सुरक्षा गर्नु रहन्छ भने त्यसो गर्न अझै सक्षम रहने छौ । यद्यपि हामी १९८२को जस्तो बलियो अवस्थामा छैनौ भन्ने अभिब्यक्ति दिएका छन् ।

झण्डै ३० वर्षदेखि फोकल्याण्ड टापुमा वेलायती आर्मीले पूर्ण कोलोनी बनाउँदै आएको छ र त्यो सानो टापुलाइ ब्रिटिश ओभरसिज टेरिटोरी भनेर चिनिन्छ भने त्यहाँको जनसँख्याको झण्डै ३० प्रतिशत सँख्या बेलायतीहरुको रहेको छ । त्यहाँका सैनिक बेलायती एमओडीअन्तर्गत रहन्छन् । जम्मा जम्मी ३१४० जनघनत्व रहेको फोकल्याण्ड टापुमा सेना र उनका परिवार समेत गरी एक हजार चारसय र छ सय सिभिल कर्मचारीहरु कार्यरत छन् । त्यहाँ लगभग ६२ प्रतिशत फोकल्याण्ड टापुका आदिबासी जनता बसोबमस गर्दछन् । यसै कारण बेलायती राजकुमार विलियम केही हप्ताका लागि फोकल्याण्ड टापुमा हेलिकप्टर पाइलटका रुपमा खटिएका हुन् ।

ठीक यही बेला फोकल्याण्ड युद्धको ३० वर्ष वाषिर्क समारोहमा बोल्दै अर्जेन्टिनाकी प्रेसिडेन्ट क्रिस्टिना किर्सनरले फोकल्याण्डको अस्तित्व, राष्ट्रियता, र राष्ट्रिय स्वाधीनताको प्रश्न उठाउँदै भन्छिन्, -“म अब कसैलाई पनि फोकल्याण्डका अस्तित्व, राष्ट्रियता, र राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप गर्न दिने छैन ।”

बेलायती साम्राज्यको धङधङी र विवादास्पद कुन मानेमा देखिन्छ भने एकातिर हामी १९८२ को जस्तो बलियो अवस्थामा छैनौ भन्ने अर्कोतिर सोही ब्यक्ति ब्रिगेडियर कमान्डर विल अल्ड्रिज भन्दछन् -“फोकल्याण्ड कसैलाई दिनु पर्छ भन्ने अवस्था मैले देखेको छैन । तर पनि हामी आफ्नो पोजिशनमा बस्नु पर्छ । यदि अर्को सिन देखियो भने हाम्रो मूर्खता हुने छ ।”

तर फोकल्याण्ड युद्धताकाका बेलायती सेना प्रमुख जनरल सर माइकल ज्याक्सनले यदि अब अर्जेन्टिनाले फोकल्याण्डका लागि युद्ध गर्न चाहान्छ भने बेलायत अर्जेन्टिनाबिरुद्ध युद्ध गर्न असम्भव देखेका छन् । बेलायतबाट प्रकाशित एक दैनिकसँगको कुराकानीमा उनी भन्छन् -“बेलायतको आर्थिक कमजोरीका कारण सैनिक क्षेत्र र सुरक्षामा खर्च कटौती गर्न पर्नुका कारण बेलायत बिगत ३० वर्षको तुलनामा निकै कमजोर बनेको छ । यदि अर्जेन्टिनाले फोकल्याण्ड चाहान्छ भने अब बेलायतका लागि असम्भव हुने छ ।”

यथार्थ कुरा के हो भने फोकल्याण्डको इतिहासका बारेका विश्व जनसमुदाय त्यति विज्ञ छैन, जति अर्जेन्टिना र त्यहाँका जनता छन् । फोकल्याण्डको इतिहास १९औं शताब्दीको मध्यतिरबाट शुरु हुन्छ र बेलायतले पछिल्लो पटक फोकल्याण्ड हात पारेको ३० वर्ष मात्र भएको छ । यो ३० वर्ष यताको विश्वको बदलिँदो आर्थिक अवस्थामा अर्जेन्टिनाले महत्वपूर्ण भूमिका खेल्न सक्ने भयो । त्यसैले अर्जेन्टिनाले फोकल्याण्ड टापुको यथार्थ इतिहास त्यहाँका जनतासामु पस्कन सफल हुने क्षमता राख्न सक्ने भयो ।