ग्रिनहिल सिटी अपार्टमेन्टका विरुद्ध परेको मुद्दा अझैसम्म ‘पेण्डिङ’

ग्रिनहिल सिटी अपार्टमेन्टका विरुद्ध परेको मुद्दा अझैसम्म ‘पेण्डिङ’


अपाटमेण्टले जग्गा लिनु भन्दा अगाडिनै जिल्ला अदालत, पुराबेदन अदालत पाटन र सर्वोच्च अदालतमा अपाटमेण्टका विरुद्ध १ सय ५० वटा मुद्दा दर्ता 

                                         00000000000000000000000000000

रोशन कार्की

काठमाडौंको मुलपानीमा निर्माण गरेको ‘ग्रिनहिल सिटी’ नामको अपाटमेण्टको विरुद्ध परेको मुद्दा अझै सम्म पेण्डिङ’ रहेको छ । शक्ति र पैसाको आड्मा सो मुद्दालाई किनारा लगाउनुको साटो अझै सम्म विचाराधिन अबस्थामा रहेको छ ।

सो अपाटमेण्टले जग्गा लिनु भन्दा अगाडि देखिनै जिल्ला अदालत, पुराबेदन अदालत पाटन र सर्वोच्च अदालत सहित सो अपाटमेण्टका विरुद्ध १ सय ५० वटा मुद्दा दर्ता भएको छ । अदालतले सो मुद्दाको फैसला नहुदै निमार्ण गरिएको अपाटमेण्ट अहिले मुद्दैमुद्दाको भारी बोकेर लगानीकर्ताले अपार्टमेन्ट बिक्रीमा राखेको छ । सो अपाटमेण्टको नाममा १ सय ५० वटा मुद्दा विचाराधिनमा रहेकै अबस्थामा हातैमा लालपुर्जाको लोभलाग्दो विज्ञापन गरेपनि हाल मुद्दा फैसला नभएसम्म अपार्टमेण्ट निमार्णकर्ताले कसैलाई पनि लालपुर्जा दिने सक्ने कानूनी आधार छैन् ।

यसरी आफ्नो स्वामित्वमा नभएको जग्गामा अपाटमेण्ट बनाएर लालपुर्जा हातैमा भन्दै विज्ञापन गरेर उपभोक्ता ठगी गरि आफ्नो लगानी उठाउने रणनीतिका अनुसार अपार्टमेण्ट मालिक भेषराज लोहनी लागि परेको समेत खुलेको छ । जग्गा खरिदसंगै चलेको विवाद अहिले जिल्ला अदालतमा विचाराधिन रहेको छ । जग्गाधनीलाई झुक्याएर रकम नभएको बैंकको चेक थमाएर जग्गा आफ्नो नाममा पार्न सफल तीनकुनेमा रहेको ओमकार रियल इस्टेट एण्ड हाउजिड कम्पनी (प्राइभेट) लिमिटेडका शान्तिराम न्यौपाने चन्द्रप्रसाद चौलागाई, भरतप्रसाद चौलागाई र ग्रिनहिल सिटीका मालिक भेषराज लोहनीका विरुद्ध ठगी र जालसाधिको मुद्दा दायर गरेका छन् ।

जग्गाधनी विजयमणी आचार्य दीक्षित, दुर्गादेबी आदि (दिक्षित), अभय भरतमणी र अरुण दीक्षितले चौलागाई र लोहनीका विरुद्ध ठगी मुद्दा दाहेर गरेको अदालत स्रोतले जनाएको छ ।  जग्गा ठगहरुले दीक्षित परिबारको मुलपानी वडा नम्बर ८ ‘ख’ मा रहेको कित्ता नम्बर ९०, १३८, १३९, १४०, १४१, १४३, १४८, १५०, १३३, १३६, १३७, ८८, ९१ र ९२ बाट १०२ रोपनी जग्गा ठगी गरेको जनाईएको छ । यसरी ठगी गरि रातारात अपाटमेण्ट बनाई खरिद गर्नकालागि अहिले सो हिल सिटीले मंहगोमा झुटो विज्ञापन सर्वाजनिक गरेको छ ।

बैंक व्यालेन्स नै नभएको चेक दिई सो ठग समुहले अरुण दीक्षितको नाममा सि, ३८ १३६७०२० को नम्बर भएको चेक राष्ट्रिय बाणिज्य बैंकको चेकबाट ५ करोड, सोही बैंककै अर्काे चेक दुर्गादेवी आदीको नाममा २ करोड ५० करोड, विजयमणी आचार्य दीक्षितको नाममा सोही बैककै २ करोड ५० लाख रुपैयाँको चेक दिएको तर सो खातामा रकम नभएको बैंकले जनाएकपछि आदि परिबारले चेक बाउन्स गराई मुद्दा दायर गरेको वर्षै वितिसक्दा समेत उनीहरुले जग्गाको पैसा पाएका छैनन् । यसरी परेको मुद्दामा तत्कालिन जिल्ला न्यायाधिश महमद आजादले पैसा तिर्न नपर्ने भन्दै फैसला गरेको दुखेसो समेत दिक्षित परिबारले गरेका छन् । यससम्बन्धमा आरोपीतसंग पटकपटक सम्र्पक राख्दा उनीहरुसंग सम्र्पक हुन सकेने ।

बलजफत व्यक्तीगत जग्गा लिई अपाटमेन्ट निमार्णगरि अन्धधुन्ध फ्ल्याट बिक्री गर्ने कार्यामा तीब्रता आएसंगै अपाटमेन्ट खरिदकर्ता समेत पछिल्लो समयमा ठगीने सम्भाबना बढ्दै गएको छ ।  यसैबिच, काठमाडौंको मुलपानीमा रहेको जग्गामा निमार्ण भईरहेको ‘ग्रीनहिल सिटी’ अपार्टमेन्ट निमार्णसंगै परेको मुद्दालाई लुकाएर बिक्री खुल्ला गरेको छ । जुन अपाटमेन्ट निर्माण भएको जग्गा खरिद गर्दादेखिनै परेको मुद्दाको किनारा नलाग्दै सो अपाटमेन्ट निमार्णकर्ताले समेत बाँकी जग्गाको रकम नदिई अनियमिकता गरेको खुलासा भएको छ ।

उपत्यकामा (अपार्टमेन्ट), सामुहिक आवास (हाउजिङ) भवन निर्माण तथा बिक्री कम्पनीहरुबाट आफूहरु ठगिएको भन्दै उजुरी गर्नेहरुको संख्यामा वृद्धि भई रहेको अबस्थामा सरकारले सो बारे गम्भीर रुपमा नलिएका कारण पनि अपाटमेण्टको नाममा ठगी कार्यमा तीव्रता आएको छ । हाउजिङ र अमार्टमेन्टको व्यवसायिक कारोेवार गर्ने कम्पनीहरुले पहिल्यै पैसा उठाउने तर काम समयमा नगरेपछि उपभोक्ताहरु मर्कामा पर्ने गरेका छन् । आफूहरु ठगिएको भन्दै उजुरी गर्नेहरुको संख्या अहिले १ हजार नाघेको छ ।

अपार्टमेन्ट र हाउजिङ कारोवारमा ठगीको समस्या देखिन थालेपछि सरकारले आवास सम्बन्धी जाँचवुझ आयोग गठन गरेको लामो समय वितिसक्दा समेत समस्या समधान हुनुको साटो झन मौलाएको छ । शहरी विकास मन्त्रालय अन्तर्गत गठन गरिएको आयोगमा उजुरी दिने क्रममा झन तीब्रता आएको छ । जाँबुझ आयोगका अनुसार अपार्टमेन्ट र हाउजिङमा बिविध समस्याहरु देखिए पनि आफ्नो अधिकारभन्दा बाहिरको जग्गामा समेत निमार्ण गरि अन्धधुन्ध बिक्री गरिएका छन् । अधिकांश समस्याहरु पहिल्यै भुक्तानी गरेका तर अपार्टमेन्टमा बस्न नपाएकाहरुको छ ।

५/७ वर्ष भइसक्दा पनि अपार्टमेन्ट नपाएकाहरुले उजुरी दिनेको भीड बढ्दै गएको छ । आयोगका अनुसार दोस्रो समस्या पैसा दिइसकेको तर निर्माणको काम बीचमा रोकिएर अलपत्र परेका छन् । बिज्ञापन गरेर जग्गा देखाएर पैसा लिएको तर अपार्टमेन्ट निर्माण नगर्नेहरुका विरुद्धमा पनि उजुरी परेका छन् । एउटै फ्लाट दुई ठाँउमा बेचेको पनि उजुरी परेका छन् ।

आयोगका अनुसार एउटालाई बेचेको फ्लाट एवं जग्गाको लालपुर्जा नदिएर सोही लालपुर्जा कम्पनीले अरुको नाममा बनाएर बैंकमा राखेर पैसा लिएको समेत उजुरी परेका छन् । केहीमा भवन तयार भएर उपभोक्ता बसेका छन् तर लालपुर्जा पाउन सकेका छैनन् । जग्गा र साइड देखाएर पैसा उठाएको तर वर्षाैदेखि अपार्टमेन्ट नबनाएको घटनाको बारेमा उजुरी परेको छ । आयोगमा परेका उजुरी अनुसार सम्झौता अनुसारको सुविधाहरु पनि उपलब्ध नगराइएको गुनासाहरु रहेका छन् ।

तीन वेडरुम भनेर पैसा लिएको तर २ वेडरुम दिएको घटनाहरु पनि आएका छन् । आयोगले १९–२० वटा कम्पनीले उपभोक्तालाई ठगी गरेको उजुरी परेको जनाएको छ । कतिपय कम्पनीले मापदण्ड अनुसार भवन निर्माण नगरेको पनि आयोगले जनाएको छ । गैरकानुनी रुपमा अरुको जग्गा देखाएर ठगी गर्नेहरु पनि यस्ता कार्यमा लागेको हँुदा समस्या परेको छ ।