बाघ संरक्षणका लागि पूरा गाउँ खाली

बाघ संरक्षणका लागि पूरा गाउँ खाली


लण्डन । उत्तरी भारतको राजस्थान प्रान्तस्थित एउटा पूरा गाउँ नै बाघ संरक्षणका लागि खाली गरेर अन्तै सारेको समाचार त्यहाँका सम्बन्धित अधिकृतहरुले बीबीसीलाई भनेका छन् । सरिस्का बाघ संरक्षण क्षेत्रमा अवस्थित उमरी गाउँमा बस्दै आएका ८२ परिवारका ३५० जनाभन्दा बढी मानिसहरुलाई त्यस गाउँबाट अन्तै सारेको खबर आएको छ । सरिस्का संरक्षण क्षेत्रस्थित बाघहरुका संख्या विगत तीनवर्षभित्र ५ पुगेको थियो तर त्यसपछि अहिले आएर विस्तारै बाघको संख्या शून्यमा झरेको कुरा सम्बन्धित निकायले उल्लेख गरेको छ ।
भारतभरिका बाघहरुका संख्या विगतका दशकहरुमा त्रासदीपूर्ण तवरमा ह्रास हुँदै आएको कुरा देखेको छ । सन् २०११को बाघहरुका गणनामा एक हजार सातसयवटा प्राप्त भएको थियो । एक शताब्दी अघिसम्म भारतभरि एक लाखभन्दा बढी बाघहरु थिए । गाउँका वासिन्दाहरुलाई क्षतिपूर्ति दिएर गाउँ खाली गरी अन्तै सार्ने गाउँहरुमा उमरी दोस्रो गाउँ रहेका छ । गत हप्ता मात्र यहाँका वासिन्दाहरुलाई अन्तै सारिएको हो । राजस्थान प्रान्तको वन विभागका प्रमुख वन संरक्षक पीएस सोमाशेखरले झण्डै पच्चीस सय आवादी रहेको क्षेत्रमा ११ वटा गाउँहरु बाघ संरक्षण क्षेत्रअन्तर्गत पर्दछ भनेर बीबीसीलाई भनेका थिए । यस क्षेत्रमा बसोबास गर्दै आएका गाउँलेहरु पशुपालन गर्नेहरु छन् । केही वर्षभित्र अरु चारवटा गाउँहरुलाई यसक्षेत्रबाट हटाउने कुरा शेखरले बताएका थिए । उनका अनुसार यहाँबाट सारेर अन्तै जाने गाउँवासीहरुलाई जनही दशलाख भारतीय रुपैया बराबरको जग्गा, गाईवस्तु तथा नकद रकम क्षतिपूर्तिअनुरुप दिएको छ । श्रोत – बीबीसी, सुमल, मेस ।