१६२ मिलियन पाउण्ड मृतक बिमारीहरुका नाममा घोटाला

१६२ मिलियन पाउण्ड मृतक बिमारीहरुका नाममा घोटाला


लण्डन / एनएचएस द्वारा जीपी डाक्टरहरुलाई सयौ मिलियन पाउण्ड बराबरको रकम मरिसकेका अथवा फर्जी नाम भएका बिमारीहरुका नाममा पैसा भुगतान गर्दै आएको कुरा प्रकाशमा आएको छ । जाँचबुझ गर्दा ईङ्गल्याण्ड र वेल्शमा उपस्थित नरहेका ९५ हजार व्यक्तिहरुका नाममा डाक्टरहरुले पैसा बुझ्दै आएको कुरा थाहा हुन आएको छ । कतिपय भुगतानीचाँहि चालीस वर्षपहिले मृत्यु भैसकेका बिमारीहरुका नाममा भएको पत्ता लगाएको छ । तर, अझ पनि त्यस्ता मरिसकेका बिमारीहरुका नाममा पैसा लिँदै आएको संख्या बढी हुनसक्ने कुरा जाँचबुझ टोलीले बताएको छ । इङ्गल्याण्डमा ५२ दशमलव ५ मिलियन मानिसहरु बसोबास गर्छन् तर, जीपीमा ५५ मिलियन मानिसहरुका नाम दर्ता भएको तथ्य प्राप्त भएको छ । यस हिसाबमा प्रत्येक बिमारीको ६५ पाउण्डको दरले डाक्टरहरुलाई भुगतानी गर्दा एनएचएसले १६२ मिलियन अतिरिक्त पैसा डाक्टरहरुलाई तिर्नु पर्ने देखिएको छ । स्वास्थ्यमन्त्री लर्ड हावेले यसबारे … मृत व्यक्तिहरु र नामै नभएका व्यक्तिहरुका पहिचान गर्नसके यसले केवल बिमारीहरुका लागि छुट्याइएका रकम उनीहरुमाथि खर्चिदै छ भन्ने कुरा यकिन गर्न सकिन्छ र एनएचएसले छुट्याइएको रकम सही ठाउँमा लगाउनुपर्छ … भनेका छन् । जाँचबुझ गर्नका लागि खटाइएको अडिट कमिसन टोलीले एकवर्ष भित्र जीपीहरुले ९५ हजार नामै नभएका व्यक्तिहरुका नामबाट पैसा लिँदै आएको कुरा थाह हुन आएको हो । यस जाँचबुझ टोलीले पत्ता लगाएको सबैभन्दा ठूलो संख्या ३२ हजार मरिसकेका मानिसहरु भेट्टाएका छन् । एकजना जीपीले सन् १९६९मा मृत्यु भैसकेका व्यक्तिको नामबाट पैसा लिँदै आएको थाहा लागेको छ । सन् १९९० ताका मरेका चारसय उन्तीस जना मानिसहरु छन् र ३० हजार बिमारीहरु एक ठाउँबाट अर्को ठाउँमा सरुवा भएर गइसकेका भेट्टाएका छन् । । १० हजार जना जति शरणार्थीहरु देश छाडेर अन्तै गइसकेका छन् त्यस्तै २० हजार जना जतिको नाम त्यही एउटै ठेगानामा थप भएको भेट्टाएर ती नामहरु हटाइएको छ । श्रोत – मेट्रो, सुमल,