काठमाडौंमा सुरु भयो प्रबुद्ध समुहको बैठक

काठमाडौंमा सुरु भयो प्रबुद्ध समुहको बैठक


नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) को पाँचौं बैठक काठमाडौ.मा सुरु भएको छ । नेपाल भारतबीच भएका विभिन्न सन्धि सम्झौताहरुको समयानुकूल परिमार्जन गर्न दुई वर्ष अगाडि यो समूहको गठन भएको हो ।
बैठकमा नेपालतर्फबाट संयोजक डा.भेषबहादुर थापा तथा सदस्यहरू डा. राजन भट्टराई, नीलाम्बर आचार्य र सूर्यनाथ उपाध्याय सहभागी छन् । भारतीय पक्षको नेतृत्व संयोजक भगतसिंह कोसियारीले गरेका छन् । कोसियारीसँगै सदस्यहरू डा। बिसी उप्रेती र महेन्द्र पी लामा पनि बैठकमा सहभागी छन् ।

भारततर्फका सदस्य पूर्वराजदूत जयन्त प्रसाद भने उपस्थित छैनन् । उनी अस्वस्थ भएकाले अनुपस्थित रहेको भारतीय दूतावासले जानकारी दिएको छ । गएको भदौमा बस्नु पर्ने बैठक नेपाल भारत दुवै तर्फका सदस्यहरुको ब्यस्तताको कारणले आजबाट बैंठक सुरु भएको हो ।
१९५० को मैत्री सन्धि , व्यापार तथा पारवहन सन्धि र जलस्रोतसम्बन्धी विभिन्न सन्धि–सम्झौतामा छलफल गरी दुबै देशको सरकारलाई सुझाव दिनेगरी नेपाल–भारत प्रबुद्ध समूह गठन गरिएको हो ।

आजबाट सुरु बैठकमा नेपालले १९५० को मैत्री सन्धिमा परिमार्जन गर्नुपर्ने विषयलाई अन्तिम रुप दिने गरी तयारी गरेको छ भने भारत पक्षले दुई देशको सीमा सुरक्षा र व्यवस्थापनबारे छलफलको एजेन्डा बनाएको बताइएको छ ।