लण्डन । बेलायतका मन्त्रिहरुले एचआईभी उपचार गर्नुको अर्थ यो रोग अरुमा नसरोस् भन्ने हुन्छ र यसलाई रोकथामका लागि सबैले बराबर उपचार पाउनु पर्छ भन्ने कुरा अघि ल्याएको छ । सरकारको योजनाअन्तर्गत अब बेलायतमा बसोबास गर्दै आएका विदेशीहरुका लागि पनि एनएचएसबाट निःशुल्क एचआईभी रोगको उपचार गरिनेछ । यस अभियानमा लागेकाहरुले बेलायतमा यस योजनाअन्तर्गत भविष्यमा ब्रिटिश नागरिकहरुलाई यो बिमारी लाग्नुबाट बचाउनुको साथै रोग लागेपछिको ठूलो उपचार खर्चबाट जोगाउने कुरा भनेका छन् । यतिबेला केवल इङ्गल्याण्डमा यहाँका नागरिकहरुलाई मात्र यस रोगको उपचारका लागि निःशुल्क सेवा दिँदै आएको छ, तर, बाहिरबाट आएका बिदेशीहरुलाई यो सेवाबाट बञ्चित राखेका छन् । स्कटल्याण्ड र वेल्शमा राखिए झै पर्यटकहरुका लागि स्वास्थ्य शीर्षक नाममा इङ्गल्याण्डमा पनि सो अनुकरण गरेर लागू गर्ने कुरा स्वास्थ्य विभागले जनाएको छ । यतिबेला बेलायतमा बिदेशमा जन्मेका लगभग पच्चीस हजार व्यक्तिहरुमा यो रोग लागेको तर उनिहरुका एचआईभी रोग नखुट्याई त्यतिकै बेलायतमा बसिरहेका आशंका सम्बन्धित निकायले गरेको छ । यस रोगका लागि पैसा नतिरी बिदेशीहरुलाई उपचार गरिँदैन तर अरु सङ्क्रमक रोगहरुका उपचार सेवा भने बिदेशीहरुलाई दिँदै आएको छ ।
एचआईभी बिमारी नखुट्याई बेलायतमा बस्दै आएका समूहमा विद्यार्थीहरु, शरणार्थीहरु र पर्यटकहरु रहेको कुरा बताएको छ । सरकारबाट एड्स चेतना अभियानका लागि सन् १९८०मा नेतृत्व गरेका कन्जर्भेटिभ दलको पूर्वमन्त्री लर्ड फोउलरले हेल्थ एण्ड सोसियल केयर कानूनलाई अब संशोधन गर्नका लागि माथिल्लो सदनमा प्रस्तुत गर्ने सुझाव दिएका थिए जुन कुरालाई मन्त्रिमण्डलले र्समर्थन जनाएको छ । यो कानून पारित भएपछि जो कुनै व्यक्ति बेलायतमा ६ महिनादेखि बस्दै आएका छन् भने निःशुल्क एचआईभीको उपचार प्राप्त हुनेछ । श्रोत – बीबीसी, सुमल, मेस ।
प्रतिक्रिया