दुबई / गत १० फेब्रुअरी २०१२, शुक्रबारको दिनमा युनाईटेड अरब ईमिरेट्स् दुबईमा बसोबास गर्दै आएको तमूहरुले दुबईमा तमू प्ये ल्हु संघ युएई स्थापना गरेकोछ । एकजङ्ग तमूको संयोजकत्वमा बसेको भेलाले एकजङ्ग तमूको अध्यक्षतामा तेह्रजना सदस्य रहेको एक कार्यसमिति समेत चयन गरेकोछ । जसमा नरजङ्ग तमू, ठम्मर सिङ्ग क्होल तमू, ओम बहादुर तमू र रश्मी तमू क्रमशः अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र सचिव पदमा मनोनयन भएकोछ भने साँस्कृतिक सचिवमा याम तमू, साँस्कृतिक सदस्यमा आलोक तमू, खेलकुद सचिवमा सोलेन्द्र तमू र सदस्यहरुमा याम बहादुर तमू, सूर्य तमू, भिम तमू, कलिमाया तमू, नरजङ्ग तमू र राम तमू चुनिएकाछन् । हाल तेह्रजनाको समिति गठन गरिएको भएतापनि निकट भविष्यमा केही सदस्यहरु थप गरी यसलाई बढाउने लक्ष्य लिइएकोछ ।
‘प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु’ भन्ने भनाईलाई आत्मसात गर्दै तमू जातिको मौलिक धर्मगुरु (पच्यु, क्ल्हेप्री र वोन्पो लम्)ले प्राचिनकालदेखि मौखिक रुपमा जोगाउदै ल्याएको ऐतिहासिक दस्तावेज सहितको प्येताँ ल्हुताँ र तमू जातिको मौलिक पहिचान लगायत कुलधर्म, संस्कार, सँस्कृति, परम्परा, भाषा, भेषभुषा आदिको संरक्षण, सम्बर्धन तथा प्रवर्तन गर्नको लागि विश्वव्यापि रुपमा प्रचार प्रसार गराउन र तमूहरुको प्रतिष्ठा एवं अस्तित्वलाई उच्च राख्न हरतरहले टेवा पु-याउने प्रमुख उद्धेश्यले युएई प्रान्तमा रहेका सम्पूर्ण तमूहरुलाई प्रतिनिधित्व गर्ने गरी उक्त तमू प्ये ल्हु संघ युएई स्थापना गरिएको हो ।
तमू प्ये ल्हु संघ केन्द्रिय समिति पोखरा नेपाल, तमू प्ये ल्हु संघ युके, तमू प्ये ल्हु संघ हङकङलगायत अन्य शाखाहरुसँग आवद्ध भई क्रियाशील रहने लक्ष्य सहित तमू प्ये ल्हु संघ यूकेको संयोजन र तमू प्ये ल्हु संघ केन्द्रिय समिति पोखराको तत्वावधानमा शुरु गरिएको ‘प्ये संकलन, लेखन तथा प्रकाशन योजना २०१०’ लाई सक्दो सहयोग गरी तमू जातिको लोपोन्मुख अवस्थामा रहेको मौलिक कुलधर्म ग्रन्थ प्येताँ ल्हुताँको जगेर्णा तथा परम्परागत संस्कार सँस्कृति, भाषा, भेषभुषा एवं रितिरिवाज लगायत तमू पहिचानको प्राचिन सम्पदा र श्रोतहरुलाई संरक्षण गर्न सक्रिय भूमिका निर्वाह गर्ने र युएई प्रान्तमा रहेका सम्पूर्ण तमूहरुको हरेक सुखदुःख तथा अन्य जटिल परिस्थितिहरुमा सहयोग गर्ने उद्धेश्य लिएकोछ भने युएई प्रान्तमा रहेका सम्पूर्ण तमूहरुलाई सदस्यता दर्ता गरी सहयोग गर्न र एकजुट हुनको लागि फेसबुकमार्फत आव्हान समेत गरिएकोछ ।
-एकजङ्ग तमू, दुबई
प्रतिक्रिया