लण्डन । अस्ति सोमवार पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त, शिकर नगरको चक टाउनमा चार जना हिन्दू डाक्टरहरुलाई गोली हान्दा, तीन जनाको मृत्यु भएको छ र एक जना डाक्टर आईसीयूमा जीवन मरणको लागि संघर्ष गरिरहेका छन् । यस हत्याकाण्डले त्यस क्षेत्रमा बसोबास गर्दै आएका अल्पसंख्यक हिन्दूहरुमा त्रास फैलिएको छ । चक टाउनस्थित ती डाक्टरहरका आफ्नै क्लिनिकमा काम गरिरहेको अवस्थामा आक्रमणकारीहरुले गोली प्रहार गरी हत्या गरेका थिए । हिन्दू परिषद प्रान्तीय असेम्बलीका पूर्व सदस्य तथा संरक्षक डाक्टर रमेश कुमारले डाक्टर अशोक, डाक्टर नरेश र डाक्टर अजित घटनास्थलमा नै गोली लागेर मृत्यु भएका थिए तथा डाक्टर सतिय पाल गम्भीर अवस्थामा घाइते भएर अस्पतालको आईसीयूमा रहेको कुरा पुष्टि गरेका छन् । प्रेस ट्रस्ट अफ इण्डियाका सम्वादातालाई डाक्टर कुमारले….हाम्रो समुदायलाई लक्षित गरेर आक्रमण गर्ने यो पहिलो पटकचाँहि होइन । कानूनका रक्षकहरुले नै अपराधीहरुलाई सहयोग गर्दै आएका छन् ……भनेका छन् । उनले अघि … चक टाउन क्षेत्रमा पचास हजारको ठूलो संख्यामा हिन्दूहरु बसोबास गर्छन् । सरकारले यस क्षेत्रका अल्पसंख्यक समुदायलाई ध्यान दिएर सुरक्षा प्रदान गर्नु पर्दछ … भनेका छन् । प्रहरीका अनुसार अहिलेसम्म दुई जना हत्याराहरुलाई पक्डाउ गरिसकेको छ र अरु आपराधीहरुको खोज तलाश जारी रहेको कुरा बताएको छ । प्रहरीले यस घटना बारे जानकारी दिंदा २ हप्ताअघि त्यहाँका हिन्दूहरु र स्थानीय मुस्लिम भायो समुदाय बीचको झगडाको नतिजा हो यो घटना भनेको छ । मुस्लिम बाहुल्य त्यस क्षेत्रमा चार जना हिन्दू केटाहरुले एक जना मुस्लिम नर्तकी केटीलाई ल्याएर नचाएको बहानामा झगडा भएको थियो । प्रहरीले एउटा घरमा छापा मारेर चार हिन्दू केटाहरु सहित त्यस मुस्लिम नर्तकीलाई पक्रेपछि त्यहाँका मुसालमानहरुले बदला लिनका लागि ती हिन्दू डाक्टरहरुलाई गोली हानेर हत्या गरिएको पुष्टि प्रहरीले गरेको छ । पाकिस्तानमा असुरक्षाका कारण त्यहाँका अल्पसंख्यक हिन्दूहरु देश छोड्दै हिड्न थालेका छन् । श्रोत – नेट, सुमल, मेस ।
प्रतिक्रिया