दम्पतीबाट भाइको बोक्साको शङ्कामा हत्या

दम्पतीबाट भाइको बोक्साको शङ्कामा हत्या


लण्डन । यतिबेला बेलायतमा बालबालिकाहरुलाई बोक्साबोक्सीको शङ्का गरेर क्रूर हिंसात्मक शारीरिक यातना दिने खतरा बढिरहेको कुरा हिजो राति प्रहरीले एउटा प्रतिवेदनमार्फत खुलासा गरेको छ । पश्चिमी अफ्रिकाको केही क्षेत्रमा बसोबास गर्ने बासिन्दहरुमा किन्डोकी भन्ने कुरामा विश्वास गर्छन् । किन्डोकी भन्नाले कम उमेरका केटाकेटीहरुमा प्रेतात्मा, भूतप्रेत वा नराम्रो आत्माले छिट्टै आक्रमण गर्छ र उनीहरुभित्र भूतप्रेतको वास हुन्छ भन्ने अवधारणामा उनीहरुले विश्वास गर्छन् । यो कुरा बोक्सीविद्याका लागि छानबिन् गर्ने विशेष प्रहरी यूनिटले हिजो बताएको हो । बेलायतमा हालसालै फैलिंदै आएका स-साना परम्परागत गिरजाहरुको बृद्धिले गर्दा यस्ता अन्धविश्वासको पनि व्यापक प्रसार बाहिरबाट बेलायत छिरेका समुदायमा भइरहेको कुरा बिशेष प्रहरी यूनिटले बताएको छ । प्रहरी अधिकारीका अनुसार गरीबी र अशिक्षाका कारण यस्ता कुराहरुमा विश्वास गर्छन् । साना उमेरका बच्चाहरुलाई भूतप्रेतले शरीरमा बास गरेको छ भनेर शारीरिक उत्पीडन, चरम यात्ना दिंदै पीडा दिने कुराहरु प्रकाशमा ल्याउँदैनन् । यस्ता घट्नाहरु साम्ने कहिल्यै खुलस्त भएर नआउने कुरा सम्बन्धित छानबिन् गर्ने समूहले बताएको छ ।
स्पेसिलिस्ट वीचक्राफ्ट यूनिट प्रोजेक्ट भायलेटका नेतृत्व व्यक्ति टेरी शार्पले … प्रकाशमा आएको यो एउटा घटना आपराधहरुको पूर्ण रिपोर्टचाँहि होइन..यसमा कैयौ यस्ता आपराधहरु सामने आएको नै छैनन्… भनेका छन् । हालै एकजना १५ वर्षीय किशोरलाई बोक्साको शङ्का गरेर एक दम्पतीले निर्ममतापूर्ण यात्ना दिएर मारेको घटना सामने आएको छ । किन्डोकी विश्वासमा अन्धो भएर हत्याराहरु क्रमशः एरिक बिकुबी र उनको पार्टनर मागेलाइ बामुले आफ्नै सानो भाइ क्रिस्टीलाई चार दिनसम्म चरम शारीरिक यात्ना दिएर अन्तिम क्षणमा पानीमा डुबाएर मारेको खबर आएको छ । विगत दश वर्षभित्र बेलायतमा घटेका ८३वटा बोक्सीविद्या सम्बन्धीको आपराध मध्येको प्रोजेक्ट भायलेटले छानबिन् गरेको यो एउटा आपराधिक मुद्धा हो । हत्याराहरु, बामु र किबुकी जन्मेका देशमा यो किन्डोकी भन्ने अन्धविश्वासलाई त्यहाँका वासिन्दाहरुले एकदमै विश्वास गर्छन् भनेर यस विषयका विज्ञ डाक्टर रिचर्ड होस्किनले उद्धृत गरेका छन् । उनले … किन्डोकीको मामलामा बेलायत तथा त्यहाँका यस समुदायका मानिसहरु एकदमै भयभित रहन्छन्… भनेका छन् । १५ वर्षीय किशोर, क्रिस्टी बामुलाई आफ्नै दिदी मागेलाइ बामु र उनका ब्वायफ्रेण्ड एरिक किबुकीले हथौडा, चेप्ने प्लायर र चाकुले प्रहार गरेर चरम यातना चार दिनसम्म दिएका थिए । अन्त्यमा मलाई मारिदेऊ भनेर बिन्ती गरेपछि उनलाई टबमा डुबाएर हत्याराहरुले मारेका थिए । हिजो मृतकको दिदी र उनका ब्वायफ्रेन्डले यातना दिएर मारेको कुरा स्वीकार गरेका छन् । सन् २०१०को क्रिसमसदेखि मृतक र उनीलगायत उनका चारजना भाइबहिनीहरु यी दम्पतीसँग बस्दै आएका थिए । एकदिन क्रिस्टीलाई भिजेको देखेर एरिक किबुकी नियन्त्रणभन्दा बाहिर आवेशमा आएर यसलाई हेर त यो बोक्साको लक्षण हो भनेर लाञ्छना लगाएर प्रताडित गर्न थालेका थिए । उनलाई यो बोक्सा भएको हो भनेर चार दिनसम्म लगातार भुइमा बिच्छ्याएका टायलहरुले, हृयामर, चाकु र प्लायरले प्रहार गरेर रगतम्मे पार्दै मरणासन्न हुने गरी चरम यातना दिएको कुरा प्रकाशमा आएको छ । उनका अरु भाइबहिनीहरुलाई पनि उनलाई प्रहार गर्नका लागि जबरजस्ती गरेका थिए ।
मृतकको शरीरमा १३० वटा चोटहरु थिए । एरिकले मृतको कान प्लायरले च्यापेर तान्दै घिसार्थे र उनका भाइबहिनीहरुलाई पनि त्यसो गर्न लगाउथे । हृयामरले हातको औला बंगाएर प्रहार गर्दा मृतकको हातको औला भाँचिएको थियो । टाउकामाथि टायलले प्रहार गरेर सयौ टायल फुटाएका थिए । यो निर्ममतापूर्ण यातनाको पींडा खप्न नसक्दा अन्त्यमा मलाई मारिदेऊ भनेर याचना माग्दा उनलाई मारेको कुरा आपराधीहरुले स्वीकार गरेका छन् ।
अब आउने सोमवार यी आपराधीहरुलाई आदलतले सजाय सुनाउने छ । श्रोत – मेट्रो, सुमल, मेस ।