मुलुकको अखण्डतामा गम्भीर असर पर्नसक्ने

मुलुकको अखण्डतामा गम्भीर असर पर्नसक्ने


काठमाडौं । कृषि तथा सहकारी मन्त्री नन्दनकुमार दत्तले मधेसमाथि विभेद गर्ने र काखा पाखा गर्ने क्रम नरोकिए मुलुकको अखण्डता एकता र सार्वभौमिकतामा गम्भीर असर पर्ने रिपोर्टस् क्लबमा सोमबार बोल्दै बताएकाछन् । मन्त्री दत्तले सर्वोच्च अदालत मधेसप्रति पूर्वाग्रही देखिएको भन्दै विगतमा सर्वोच्चले रोक लगाएको सेनामा मधेसी युवाको समूहगत प्रवेश जन्मसिद्ध नागरिकता पाएकाको छोरा-छोरीलाई वंशजको आधारमा नागरिकता दिने र नागरिकता भएकाको मात्रै मतदाता नामावलीमा नाम राख्नेसम्बन्धी फैसलाले पनि सो कुराको पुष्टि गरेको दाबी गरेकाछन् ।
मधेसी मोर्चाका प्रखर र तार्किक नेता जेपी गुप्ता जस्तो व्यक्तित्व र संघीयताको एजेन्डालाई पाखा नलगाई आफ्नो इच्छा पूरा नहुने देखेर अदालतले यस्तो फैसला गरिएको दाबी गर्दै दत्तले ९ वर्षसम्म फैसला हुन नसकेको विषयलाई जेठ १४ को जटिलता आउन लागेको बेलामा फैसला गरेकाले पनि आशंका बढाएको उनको तर्क थियो । आफ्नो पार्टीका अध्यक्ष गुप्ताको स्रोत नखुलेको १ करोड रुपियाँलाई अकुत भ्रष्टाचार भन्ने हो भने काठमाडौंमा घर भएका कुनै पनि नेताहरु चोखो नठहर्ने भन्दै मन्त्री दत्तले सबैमाथि कारबाही गर्न माग गरेकाछन् । -देब, मेस