उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ समापन (फोटोफिचर)

उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ समापन (फोटोफिचर)


‘छठ’का व्रतालुहरुले उदाउँदो सूर्यलाई अघ्र्य दिइ पर्वको समापन गरेका छन् ।मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।

छठको अवसरमा सूर्यलाई दिइने अर्घमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ । अर्घमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान्न, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ ।

महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि संकल्प गरिनु नै छठ पर्वको महत्वपूर्ण पक्ष मानिन्छ भने अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुखदुःख, रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटोका रूपमा लिइनु हो भन्ने जानिफकारहरुको भनाई छ ।

विशेषगरी तराई मधेसमा अत्यन्त उल्लास उमंगका साथ मनाइने छठ पछिल्ला वर्षमा आएर मुलुकभर र खासगरी राजधानी काठमाडौंमा पनि उत्तिकै श्रद्धा र उमंगपूर्वक मनाइन थालिएको छ । यसै अवसरमा विहिबार काठमाडौंको गौरीघाटमा सूर्यलाई अर्घ दिई छठ मनाइएको दृश्य छविकार प्रविण श्रेष्ठका क्यामेरामा यसरी कैद भएका छन् ।