क्यासिनोको तेस्रो पक्ष

क्यासिनोको तेस्रो पक्ष


– सुुशील देवकोटा

क्यासिनो भन्नेबित्तिकै दिमागमा आउने अर्को शब्द हो– जुुवाखाना । अनि यो शब्द दिमागमा आउनेबित्तिकै मनमा आउने भावना हो नकारात्मक । जुुवाले कसैलाई राम्रो गर्दैन र यसले धेरैको घरपरिवार मात्रै बिगारेको छैन धेरैलाई उठीबास नै लगाएको छ । यो सत्य हो । तर, के यही मात्रै सत्य हो त ? त्यसो त मदिरा सेवनले पनि धेरैको घर बर्बाद गरेको छ, धेरैको ज्यानसमेत लिएको छ । के नेपालमा मदिरा उत्पादनमा रोक लागेको छ त ? सिगरेट र सुुर्तीजन्य पदार्थको उत्पादन बन्द गरिएको छ त ? टोलटोलमा गैरकानुनी रूपमा खेलाइने जुुवाखाना र कानुनी रूपमा बकाइदा सरकारबाट लाइसेन्स लिएर खोलिएका जुुवाखाना एकै र उस्तै हुन् त ? तर्क गर्नका लागि यहाँ भन्न सकिन्छ ‘आखिर जुुवाखाना त जुुवाखाना नै हुुन नि ।’

हो, क्यासिनो भनेको जुुवाखाना वा जुुवाघर वा जुुवा खेलाइने ठाउँ नै हो । यो यथार्थ हो, तर यदि सरकारबाट तोकिएका सबै सर्तहरू पालना गर्ने गरी अनुुमति (लाइसेन्स) लिएर खोलिएको छ भने यो गैरकानुनीचाहिँ पक्कै होइन । कानुनी रूपमा खुुलेका भए पनि नेपालका क्यासिनोहरूमाथि लगभग सात वर्ष अगाडिदेखि तीव्र रूपमा चौतर्फी आक्रमण प्रारम्भ भयो र अन्ततः नेपालको क्यासिनो व्यवसाय धराशायी भयो । नेपालको क्यासिनो व्यवसाय अहिले लगभग ब्रह्मनालमा पुुगेको अवस्थामा छ । के यो ठीक भयो त ? यस्तै हुनुुपर्ने थियो ?

क्यासिनोले राजस्व छल्यो र समाजमा विकृति फैलायो भन्दै आफूलाई सामाजिक अभियन्ता भन्ने र पत्रकार भन्ने धेरैजना क्यासिनोको विरुद्ध खुुलेर लागेको देखियो र आखिरमा क्यासिनोमा ताला नै लाग्यो । ती सामाजिक अभियन्ता र पत्रकारहरू पक्कै खुसी हुनुुभयो होला भन्नुुभयो होला, ठीकै भयो । ठीकै पनि हो, देशमा व्यवसाय चलाएर नाफाचाहिँ कमाउने अनि सरकारलाई तिर्नुुपर्ने राजस्वचाहिँ नतिर्ने ? देश र सरकारलाई ठग्ने ? उहाँहरूले आफ्नो पेसागत धर्म निभाउनुुभएको हो यसमा कसैले उहाँहरूलाई औँलो ठड्याउने ठाउँ छैन । क्यासिनोको विरुद्धमा लेख्दा र बोल्दा उहाँहरूले प्रायः भन्नुुहुुन्थ्यो, ‘क्यासिनोले नेपालमा विकृति ल्यायो, सरकारलाई तिर्नुुपर्ने राजस्व छल्यो, गैरकानुनी रूपमा नेपालीलाई प्रवेश गरायो ।’ यहाँ प्रश्न उठ्छ– के विकृति ल्यायो त क्यासिनोले ?

त्यहाँ देहव्यापार हुुँदैनथ्यो, लागूपदार्थको कारोबार हुुँदैनथ्यो । जुुवा खेलाउन त सरकारले नै अनुुमति दिएकै हो । हो, क्यासिनोले राजस्व मात्रै होइन आयकरसमेत पनि छलेकै हो र अहिले चलिरहेका क्यासिनोले पनि इमानदारीका साथ आफ्नो आयव्ययको हिसाब सरकारलाई देखाउँदैनन् । यो ठोकुुवा गरेर भन्न सकिन्छ र पछिल्लो समयमा क्यासिनोहरूले गैरकानुनी रूपमा नेपालीलाई चोरबाटोबाट प्रवेश पनि गराएकै हुुन् । यसमा गल्ती कसको त ? स्पष्ट रूपमा भन्न सकिन्छ, यसमा गल्ती सर्तसहितको लाइसेन्स दिएर कहिल्यै अनुुगमन नगर्ने वा गरे पनि अनुुगमन गर्न जाने अधिकारीको खल्ती भरिदिएपछि चुुप लागेर बस्ने सरकारी निकायको र तोकिएको सर्त पालना गरेर मात्रै क्यासिनो सञ्चालन गर्छुु भनेर लाइसेन्स लिने, तर सीमित पैसामा बिक्ने सरकारी सेवकको फाइदा उठाउँदै त्यस्तो गलत काम गर्ने क्यासिनो मालिकको । यी दुुवै पक्षले आफ्नो स्वार्थ पूरा गर्न राज्यको भ्रष्ट संयन्त्रको भरपूर दुुरुपयोग गरे र क्यासिनोलाई दोइरहे । जब यस कार्यले सीमा नाघ्न थाल्यो तब आफूलाई सामाजिक अभियन्ता भन्ने र पत्रकार भन्नेहरूको आँखाको पट्टी उघारियो र उहाँहरू क्यासिनो नै बन्द गराउनुपर्छ भन्ने अभियानमा लाग्नुुभएको हो । अन्ततः आफ्नो अभियानमा सफल पनि हुुनुुभयो ।

नेपालका त सबै क्यासिनो बन्द भए, तर त्यसपछि भारतमा चाहिँ धमाधम क्यासिनो खुुल्न थाले । हाल भारतको सिक्किम र गोवामा उल्लेख्य मात्रामा क्यासिनो सञ्चालन भइरहेका छन् । गोवा राज्यको आयको मुुख्य स्रोतहरूमध्येको एक क्यासिनो पनि हो । त्यसैले गोवाको राज्य सरकारले छुुट्टै कानुन बनाएर बरु क्यासिनोहरूलाई सञ्चालनमा सहज हुुने स्थितिको निर्माण गरिदिएको छ । नेपालको आर्थिक, राजनीतिक र धार्मिकलगायत हरेक क्षेत्रमा चलखेल नगरी बस्न नसक्ने भारतले कतै आफ्नो देशमा क्यासिनो सञ्चालन गराउन हाम्रो देशको क्यासिनो व्यवसाय बन्द गराएको त होइन ? भारतका क्यासिनो सञ्चालकहरूको नजरानाले नेपालको नेताको खल्ती भरिनुको परिणाम त होइन नेपालको क्यासिनो बन्द हुनुुु वा गराइनुु ? शङ्का गर्ने प्रशस्त ठाउँ छ किनकि नेपालको क्यासिनोमा ९० प्रतिशतभन्दा धेरै भारतीय ग्राहक नै हुुुन्थे । नेपालको क्यासिनोमा नेपाली गएर खेले भनेर टाउको दुुखाउनेहरूलाई यो सुुन्दा कस्तो लाग्ला कि हालका दिनहरूमा नेपालीहरू जुुवा खेल्नकै लागि भारतको सिक्किम र गोवा मात्रै पुुग्दैनन् श्रीलङ्का र जेन्टिङ आइल्यान्डसम्म पुुग्छन् ।

म फेरि भन्छुु– सामाजिक अभियन्ता र पत्रकारहरूले आफ्नो पेसागत धर्म निभाउनुुभएको हो, यसमा कसैले उहाँहरूलाई औँलो ठड्याउने ठाउँ छैन । तर, पेसागत धर्मसँगै एउटा अर्को धर्म पनि हुुन्छ । मानवताको धर्म । उहाँहरूले यो सोच्न जरुरी छ कि कतै पेसागत धर्म निभाउने एकोहोरो अभियानमा स्वयम् उहाँहरूले अन्य कसैमाथि अन्याय त गर्नुुभएन ? मानवताको धर्ममा चुुक्नु त भएन ? क्यासिनोविरुद्ध उहाँहरूको त्यो जुुँगाको लडाइँमा कसैले यो सोचेन वा सोच्न जरुरी सम्झिएन कि । त्यहाँ तेस्रो पक्ष पनि छ र त्यो तेस्रो पक्ष हो, त्यहाँ काम गर्ने कामदार र कर्मचारी । नेपालमा पहिलो क्यासिनो सन् १९६८ (२०२५ सालतिर) सोल्टी होटेलमा खोलिएको हो क्यासिनो नेपालको नामबाट । त्यति पुुरानो संस्थालाई त्यसरी एक्कासि बन्द गराउँदा त्यहाँ वर्षौँदेखि कार्यरत कामदार, कर्मचारी र उनीहरूको परिवारको हालत कस्तो भयो होला ? जतिबेला क्यासिनोहरूविरुद्ध चरम आन्दोलन थालियो त्यतिबेलासम्म अन्य क्यासिनो खुलेको पनि १४–१५ वर्ष भइसकेको थियो । तर, त्यसरी एक्कासि क्यासिनो बन्द नै गराउँदा त्यहाँ वर्षौँदेखि कार्यरत हजारौँ कामदार र कर्मचारी, तिनका परिवारले कसरी गुुजारा चलाउलान् ? कसरी बाँच्लान् भन्नेसम्म सोचिएन ।

आफूलाई सामाजिक अभियन्ता भन्नेहरूले जुुुवाखानाजस्तो गैरसामाजिक कार्य बन्द गराउन सकेकोमा छाती फुुलाउनुुभयो होला, समाजको कुुुनै तह र तप्काबाट मान–सम्मान पनि पाउनुुभयो होला, त्यसैगरी पत्रकारहरूले क्यासिनोहरूले राजस्व छलेको स्कुप पाएको ठानेर त्यसलाई भजाउने मौका पाउँदा आपूूmलाई थप चर्चित बनाउन सफल पनि हुुनुुभयो होला । तर, आपूूmलाई एक हप्ता तलब दिन ढिलो गरे जनताको सुसूचित हुुने अधिकार कुुण्ठित गरेर समाचार नलेखेर आफ्नो सञ्चार संस्थाविरुद्ध उत्रिने पत्रकार महोदयहरूले राज्यले राजस्व नपाएको त देख्नुभयो, तर त्यहाँ वर्षौँदेखि आफ्नो रगत–पसिना बगाएका कामदार र कर्मचारीले पनि आफ्नो अधिकार पाए कि पाएनन् त्यो देख्ने र सोच्ने न फुुर्सद पाउनुुभयो न जरुरी ठान्नुभयो ।

क्यासिनोमा काम गर्ने कामदार र कर्मचारीको पनि त परिवार छन् । तिनीहरूका छोराछोरी पनि कोही स्कुल त कोही कलेज पढिरहेका थिए । कतिपयका वृद्ध आमाबुुवा उपचारको क्रममा थिए भने कतिको छोरीको विवाहको समय भएको थियो अनि कतिले त आफ्ना भाइबहिनीसमेत पालिरहेका थिए । तिनीहरूको हालत के भयो होला ? तिनीहरू बाँचेका छन् वा मरिसके ? यो न राज्यले सोचेको छ न तत्कालीन क्यासिनोका मालिकले सोचेका छन् न आफूलाई सामाजिक अभियन्ता भन्ने र पत्रकार भन्नेहरूले नै सोच्नुुभएको छ ।

एक त मालिक विवादले नेपालको क्यासिनोको व्यवसायमा त्यसै पनि नकारात्मक असर परिरहेको थियो झन् त्यसमा पनि माओवादी खुुला राजनीतिमा आएपछि नेपालका सबै क्यासिनोलाई आफ्नो भर्ती केन्द्र बनाएर क्यासिनोले धान्नै नसक्ने गरी जबर्जस्ती आफ्ना कार्यकर्ता कोचिएको थियो र तत्कालीन माओवादी मजदुर नेता शालिकराम जमकट्टेलको निर्देशन र आडमा आफूलाई माओवादी भन्ने उनका लठैत र हनुमानले क्यासिनोको दैनिक आम्दानी लुुटको शैलीमा उठाएर लान थालेका थिए । त्यसरी लुुटिएको रकमको ठूूलो हिस्सा माओवादी केन्द्र र शालिकराम जमकट्टेलको हातमा पुुग्थ्यो भने बाँकी रकम तिनै लठैतहरूले बाँडेर खान्थे । तीमध्येका कतिपय लठैतहरू अहिले पनि क्यासिनोमै कार्यरत छन् र यदि अख्तियार दुुरुपयोग अनुुसन्धान आयोगको दायरामा निजी क्षेत्र पनि पर्छ भने ती हनुमानहरूको पहिलाको आर्थिक स्थिति र हालको ठाँट र रवाफबीचको अन्तर हेरे मात्रै पनि सबै कुुरा प्रस्ट हुनेछ ।

त्यसरी माओवादीले हुुने जति सबै कमाइ लुुटेर लान थालेपछि क्यासिनोले आफ्ना कामदार र कर्मचारीलाई महिनावारी तलब नै ख्वाउन सकिरहेको थिएनन्, झन् त्यसमा पनि हठात् क्यासिनो बन्द गराइदिएपछि क्यासिनोमा काम गर्ने कामदार र कर्मचारीले न आफूले पाउनुपर्ने काम गरेको धेरै महिनाको तलब पाए न सञ्चयकोष, उपदानलगायतका सुुविधा पाए । क्यासिनोका कामदार तथा कर्मचारीले आफ्नो पाउनुुपर्ने बक्यौता रकम लिन हरसम्भव प्रयास गरिसके । बन्द भएको दिनदेखि उनीहरू आ–आफ्नो क्यासिनो धाएनन् कि आफ्नो क्यासिनो खोलिएको र क्यासिनोको लाइसेन्सको मालिक अर्थात् सम्बन्धित होटेलमा धाएनन् कि अड्डा–अदातल धाएनन् । तर, सबैतिरबाट उनीहरूलाई फुुटबल बनाउने काम गरियो ।

क्यासिनो बन्द भएयता विभिन्न क्यासिनोका ६–७ जनाले लाचार भएर आत्महत्या गरिसकेका छन् । यो आत्महत्याको जिम्मेवारी कसले लिने ? यदि तपाईंहरूमा थोरै पनि मानवता बाँकी छ, मनमा धर्म भन्ने कुुराको एक अंश मात्रै पनि बाँकी छ भने बोल्नुुस्, लेख्नुुस् र आवाज उठाइदिनुुस्– ती अन्यायमा परेका पीडितहरूको पक्षमा जो आज पनि आफ्नो डुुबेको र गुुमेको अधिकार पाइने आसमा आफ्नो र परिवारको भोको पेट र नाङ्गो शरीर लिएर बाँचिरहेका छन् ।