डिएसपी भण्डारीसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा  दायर

डिएसपी भण्डारीसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा  दायर


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा प्रहरीले निलम्बित डिएसपीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले  डिएसपी नवीकृण भण्डारीसहित चार जनाविरुद्ध सोमबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।

डिएसपी भण्डारी महानगरीय प्रहरी वृत्त बालाजुमा कार्यरत रहदा एक व्यक्तिलाई थुनामा राखेर पैसा असुलिएको थियो । भारतीय सेनामा भर्ती गराउन भनी फारम संकलन र रकम असुल गरेको भन्ने आरोप लगाई उनीहरले गंगा यादबलाई पक्राउ गरी ५ लाख घुस लिएका थिए ।

डिएसपी भण्डारीसहित प्रहरी सहायक निरीक्षक चन्द्रसिंह भाट, इलाका प्रहरी कार्यालय, फर्पिङ्गमा कार्यरत प्रहरी हवल्दार मनोजकुमार यादव, महानगरीय प्रहरी प्रभाग, बालसुधार गृह, ठिमी, भक्तपुरमा कार्यरत प्रहरी जवान पुष्करबहादुर शाह तथा आफूलाई प्रहरी कर्मचारी भएको बताउने विन्दावासिनी बालुवा डिपो संचालक विनोद थापा बगालेले विरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले गत १० असोजमा उनीहरुलाई घुससहित पक्राउ गरेको थियो । अनुसन्धान पुरा गरी उनीहरुविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । चारै जना अख्तियारको हिरासतमा छन् ।