बसन्तपुरमा घरेलु मदिरा संकलन गर्दै प्रहरी

बसन्तपुरमा घरेलु मदिरा संकलन गर्दै प्रहरी


–प्रविन श्रेष्ठ

राजधानीस्थित बसन्तपुर क्षेत्रमा जनसेवा प्रहरीले मदिरा भएका घर तथा होटलहरुमा छापा मारेको छ । नजिकिएको निर्बाचनमा कुनै अवाञ्छित क्रियाकलाप नहोस भन्दै प्रहरीले मदिराजन्य बस्तुहरुमाथि निगरानी बढाएको हो ।

सोमबार प्रहरीले बसन्तपुर क्षेत्र भित्र रहेका घर तथा होटलहरुमा विक्रिका लागि राखिएका घरेलु मदिरा संकलन गरि नष्ट गरेको छ । मदिरका छापा मार्न खटिएका प्रहरीहरुले ठूलो परिमाणमा घरेलु मदिरा संकलन गरी नष्ट गरेका छन् ।

प्रहरीका अनुसार निर्बाचनमा मदिरा खाएर होहल्ला गर्ने तथा अवाञ्छित क्रियाकलापमा सहभागी भई ठूलो दुर्घटना निम्त्याउन सक्ने भन्दै मदिरामा छापा मारेको जनसेवा प्रहरीले जनाएको छ ।