राजधानीमा तरकारीको मूल्य उच्च ! (मूल्यसुची सहित)

राजधानीमा तरकारीको मूल्य उच्च ! (मूल्यसुची सहित)


राजधानीमा तरकारीको मूल्य उच्च बन्दै गएको छ । मागअनुसार तरकारी आपूर्ति हुन नसकेपछि तरकारीको मूल्य दोब्बरले बढेको हो । दसैं र तिहारपछि तरकारी आपूर्तिमा ५० प्रतिशतले कमी आएको कालिमाटी तरकारी बजारका व्यापारीहरु बताउछन् ।

यतिबेला सर्वसाधारणको भान्सादेखि उपत्यकाको पाँचतारे होटलसम्म दैनिक उपभोगमा आउने आलु, प्याज, टमाटर, काउलीलगायत तरकारीको मूल्य दसैंअघिको तुलनामा दोब्बरले बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिका एक अधिकारीले सामान्यतया काठमाडौंमा दैनिक सात सय मेट्रिक टन तरकारी आपूर्ति हुने गरेको भएपनि अहिले त्यसको ५० प्रतिशतमात्रै आपूर्ति भएकाले मूल्य उच्च बनेको बताए ।

आज थोक मूल्यमा सानो गोलभेंडा प्रतिकेजी ७८ रुपैयाँ भए पनि बजारमा एक सय २० रुपैयाँ छ । गत वर्ष कात्तिकमा सानो गोलभेंडाको सरदर मूल्य ३७ रुपैयाँ किलो थियो ।

प्याज प्रतिकेजी थोक मूल्य ६७ रुपैयाँ रहेकोमा खुद्रा बजारमा एक सयभन्दा माथि रहेको उपभोक्ता बताउँछन् । गत वर्ष कात्तिकमा प्याजको सरदर मूल्य २३ रुपैयाँ किलो थियो । थोक मूल्यमा आलु ४४ रुपैयाँ किलो छ । तर, बजारमा ७० देखि ८० रुपैयाँको हारहारीमा बिक्री हुँदै आएको छ ।

गाँजर प्रतिकेजी ९२ रुपैयाँ छ । बन्दा ६८ रुपैयाँ छ । यसको मूल्य अघिल्लादिनको तुलनामा २० प्रतिशतले बढेको व्यवसायी बताउँछन् ।

तरकारीको थोक र खुद्रा मूल्यको अन्तरको यो एउटा सामान्य उदाहरण मात्र हो । सबैजसो तरकारीको खुद्रा मूल्य व्यवसायी आफैंले निर्धारण गर्दा पनि उपभोक्ता ठगिएका छन् । खुद्रा व्यापारीको मनलाग्दी मूल्य निर्धारणले उपभोक्ता महँगीको मारमा परेका छन् ।

थोकमा किनेको तरकारीको मूल्य खुद्रा व्यवसायीले बेच्दा बढीमा २० प्रतिशत नाफा खानुपर्ने हुन्छ । तर व्यवसायीले मनलाग्दी लिने गरेका छन् ।

आजको मूल्यसुची..

दैनिक थोक मूल्य विवरण
कार्तिक  २१, २०७४
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो के.जी. ८५ ९० ८८
गोलभेडा सानो के.जी. ७५ ८० ७८
अालु रातो के.जी. ४३ ४५ ४४
अालु सेतो के.जी. ३५ ४० ३८
प्याज सुकेको के.जी. ६६ ६८ ६७
गाजर के.जी. ९० ९५ ९२
बन्दा के.जी. ६५ ७० ६८
काउली स्थानिय के.जी. ७५ ८० ७८
मूला सेतो के.जी. २० २५ २२
भन्टा लाम्चो के.जी. ६० ६५ ६२
भन्टा डल्लो के.जी. ६० ६५ ६२
बोडी के.जी. १०० ११० १०५
मटरकोशा के.जी. १०० ११० १०५
घिउ सिमी के.जी. ७५ ८० ७८
तितो करेला के.जी. ९५ १०० ९८
लौका के.जी. ४० ४५ ४२
परवर के.जी. ६५ ७० ६८
फर्सी पाकेको के.जी. २० २५ २२
फर्सी हरियो के.जी. ५५ ६० ५८
भिण्डी के.जी. ६० ६५ ६२
बरेला के.जी. ३५ ४० ३८
पिंडालू के.जी. ४५ ५० ४८
स्कूस के.जी. १० १५ १२
रायो साग के.जी. ५० ५५ ५३
पालूगो साग के.जी. ९० ९५ ९३
चमसूरको साग के.जी. ९० ९५ ९३
तोरीको साग के.जी. ५० ५५ ५३
मेथीको साग के.जी. ९० ९५ ९३
प्याज हरियो के.जी. ९० १०० ९५
तरुल के.जी. ४५ ५० ४८
च्याउ के.जी. १५० १६० १५५
ब्रोकाउली के.जी. १०० ११० १०५
चुकुन्दर के.जी. ७० ८० ७५
जिरीको साग के.जी. ९० ९५ ९३
सेलरी के.जी. १०० ११० १०५
पार्सले के.जी. १०० ११० १०५
सौफको साग के.जी. ९० ९५ ९३
पुदीना के.जी. १०० ११० १०५
गान्टे मूला के.जी. ५० ६० ५५
इमली के.जी. ११० १२० ११५
तामा के.जी. १२० १३० १२५
तोफु के.जी. ७० ८० ७५
गुन्दुक के.जी. १५० १६० १५५
स्याउ के.जी. ९० १०० ९५
केरा दर्जन ५० ५५ ५३
कागती १०० गोटा ५०० ५५० ५२५
अनार के.जी. १५० १६० १५५
सुन्तला के.जी. ६० ७० ६५
तरबुजा के.जी. ५० ५५ ५३
मौसम के.जी. ८० ९० ८५
भुर्इ कटहर प्रति गोटा १०० ११० १०५
काक्रो के.जी. २० २५ २२
नासपाती के.जी. ९० १०० ९५
मेवा के.जी. ६० ७० ६५
लप्सी के.जी. ३५ ४० ३८
अदुवा के.जी. ५० ५५ ५२
खु्र्सानी सुकेको के.जी. १९० २०० १९५
खु्र्सानी हरियो के.जी. ६० ६५ ६२
भेडे खु्र्सानी के.जी. १०० ११० १०५
लसुन हरियो के.जी. १४० १५० १४५
हरियो धनिया के.जी. २९० ३०० २९५
लसुन सुकेको चाइनिज के.जी. १७० १८० १७५
लसुन सुकेको नेपाली के.जी. १९० २०० १९५
छ्यापी सुकेको के.जी. १९० २०० १९५
माछा ताजा के.जी. २४० २५० २४५