काङ्ग्रेसको लाजलाग्दो कलह

काङ्ग्रेसको लाजलाग्दो कलह


-श्रीधर शर्मा
नेपाली काङ्ग्रेस मुलुकको सबैभन्दा पुरानो र यस मुलुकमा ठूलाठूला राजनीतिक परिवर्तन ल्याउन नेतृत्वदायी भूमिका खेलेको पार्टी भएर पनि यसभित्रको सदावहार आन्तरिक कलहले यो पार्टीको गौरवमाथि नकारात्मक प्रभाव परिरहेको छ । यस्तो कलह हुनका विभिन्न कारणहरू छन् ।
धेरै अगाडिका कुरा छाडौँ, जब ०४६ सालमा बहुदल आयो, गणतन्त्रको स्थापनादेखि केहीसमय अघिसम्म -यदाकदा अझै पनि) माओवादीमा प्रवेशको क्रम चलेजस्तै काङ्ग्रेस प्रवेश गर्नेको लर्को लाग्थ्यो । जताबाट जोसुकै आए पनि ‘काङ्ग्रेस समुद्र हो’ भनेर प्रवेश गराउने काम भयो, जसमा सडेगलेका, बिग्रे-भत्केका सबै काङ्ग्रेसभित्र पसे, आफूलाई शुद्ध गराउन । अर्थात्, राजावादी होऊन् वा अराजकतावादी सबै माओवादीको आड लागेपछि जोगिन सकिन्छ भनेर अहिले माओवादीमा पसेजस्तै त्यतिखेर काङ्ग्रेस पसेर सुरक्षित हुन चाहनेहरूको सङ्ख्या निकै थियो । स्मरणीय छ, ०४६ साल चैतमा बहुदल आएपछि काङ्ग्रेस पस्नेहरूलाई ‘चैते काङ्ग्रेस’ भनिन्थ्यो जसले धेरै ठाउँमा अवसर पाए । तिनैले नेतृत्वको छेउछाउ बसेर काङ्ग्रेसलाई बद्नाम गराए । तीमध्ये कति अहिले काङ्ग्रेस छाडेर अन्यत्र पुगिसके केही अझै काङ्ग्रेसमा छन् । खासगरी यिनैले काङ्ग्रेसलाई सधैं विवाद र आन्तरिक कलहमा जाक्न भरथेग गरे ।
काङ्ग्रेस सधैं विवादित रहनुमा अर्को कारक हो ‘कोइरालावाद’ । काङ्ग्रेसमा ‘कोइरालावाद’ गिरिजाप्रसाद कोइरालाको संरक्षणमा यति हर्ुर्कियो कि कोइराला परिवारसँग कुनै किसिमको साइनो नगाँसिएको मान्छेले जतिसुकै सक्षम भए पनि कहिल्यै ठाउँ पाउन सकेन । यो असन्तुष्टि बेलाबेला विभिन्न रूपमा छरपस्ट भयो । गणेशमान सिंह र कृष्णप्रसाद भट्टर्राईजस्ता नेताहरूले काङ्ग्रेसबाट अलग्गिएको घोषणा गर्नुपर्‍यो भने काङ्ग्रेस पार्टी नै दुई चिरा बन्न पुग्यो ।
गिरिजाप्रसाद कोइरालाको परिवारवादको उत्कर्ष थियो सुजाता कोइरालालाई उपप्रधानमन्त्री बनाउनु । आफ्नी एकमात्र सन्तान सुजाता विदेशीसँग बिहेवारी गरेर गएकी भए पनि आफू सत्तामा पुग्नासाथ गिरिजाप्रसादले उनलाई आफ्नो उत्तराधिकारी बनाउन नेपाल फिर्ता ल्याउनुभयो । उनका अस्वाभाविक व्यवहारका कारण पार्टीको शीर्ष नेतृत्वमा पुर्‍याउन नसक्ने देखेपछि उनलाई उपप्रधानमन्त्रीसम्म बनाउनुभयो । यतिन्जेल गिरिजाप्रसाद जीवित रहनुभएको भए सम्भवतः सुजाता मुलुकको प्रधानमन्त्री बनिसक्ने थिइन् ।
कोइरालाबाट कोइरालामै काङ्ग्रेसको नेतृत्व सुम्पने गिरिजाप्रसादको योजनाअनुरूप नै सुशीललाई ‘कार्यवाहक सभापति’को जिम्मेवारी तोकिएको थियो । वास्तवमा सुशील यत्रो ठूलो पार्टीको सर्वोच्च नेतृत्वको सामर्थ्य राख्ने नेता नै हुनुहुन्न, तर गिरिजाप्रसादले उहाँलाई त्यो जिम्मेवारी लिन बाध्य बनाउनुभयो, प्रशिक्षण दिनकै निम्ति सभापति आफू जीवित छँदाछँदै, सक्रिय छँदाछँदै, कार्यवाहक तोक्नुभयो । यो सबका पछाडि आफ्नो शेषपछि अर्को कोइरालालाई उत्तराधिकारी खडा गर्ने योजना नै थियो ।
निश्चय पनि गिरिजाप्रसाद दृढ एवम् निर्णयक्षमता भएका नेता हुनुहुन्थ्यो । बाहिर जतिसुकै विरोध गर्नेहरू पनि उहाँका सामु, उहाँको निर्णयका सामु नतमस्तक हुन्थे । यसमा उहाँको व्यक्तित्वको ठूलो प्रभाव थियो । त्यसैले उहाँले जसरी चाहनुभयो उसैगरी पार्टीलाई चलाउनुभयो । अहिले जानी-नजानी त्यही बाटो अर्थात् ‘गिरिजापथ’मा हिँड्न खोज्दै हुनुहुन्छ सुशील कोइराला, जसका कारण काङ्ग्रेस फेरि नराम्रो कलहमा फसेको छ र सुशील कोइरालाको पहिलो कदम नै विवादमा परेको छ । यसरी निर्वाचित सभापति केन्द्रीय पदाधिकारी चयनको प्रारम्भमै विवादमा पर्नु दुर्भाग्यपूर्ण मात्र नभई यसले समस्त काङ्ग्रेसजनलाई निराश तुल्याएको छ ।
त्यसो त उहाँलाई नेतृत्व सुम्पन पनि गिरिजाप्रसादले राम्रो तालमेल मिलाउनुभएको हो । उहाँलाई आफ्नो शेषपछि पनि काङ्ग्रेसको नेतृत्व कुनै कोइरालामै जाओस् भन्ने चाहना थियो र सुजाता स्वीकार्य नहुने भएपछि सुशील कोइरालालाई अघिसार्नुभएको थियो गिरिजाप्रसादले । थुप्रै कमी-कमजोरीका बाबजुद गिरिजाप्रसादको देहान्तपछि सुरुका दिनमा सुशील कोइरालाले काङ्ग्रेसलाई जुन खालको नेतृत्व दिनुभयो र अन्य दलहरूका सामु जसरी प्रस्तुत हुनुभयो त्यसले काङ्ग्रेस गिरिजाप्रसादको निधनपछि अझ सुदृढ हुने अपेक्षा धेरैको थियो । अझ महाधिवेशन सकिनासाथ ‘काङ्ग्रेस एक भएको’, ‘सबैखाले विवादहरू समाप्त भएका’ तथा ‘अब पार्टी एक भएर अगाडि बढ्ने’ र ‘आफूले सबैको साथ लिएर अघि बढ्ने’ बताएर धेरैलाई आशावादी बनाएका सुशील यति छिट्टै सबै कुरा बिर्सेर पार्टी सङ्गठनभित्र गिरिजाप्रसादकै पदचिह्नको अनुशरण गर्दै अघि बढ्न खोज्दा विवादमा पर्नुभएको हो ।
बाह्रौँ महाधिवेशनबाट सभापतिमा विजयी भएपछि सुशील कोइरालाले ‘सबैलाई मिलाएर पार्टीलाई एक बनाई लैजाने’ प्रतिबद्धता व्यक्त गरेका भए पनि उपसभापति र महामन्त्रीको मनोनयनले उहाँको मनसाय प्रस्ट पारिदियो । गर्न त उहाँले ‘एक व्यक्ति एक पद’को कुरा पनि गर्नुभएको हो, तर उहाँ अडानमा बस्न सक्नुभएन भन्ने देखियो यस प्रकरणबाट । उहाँको प्रस्ताव पारित हुन सकेन । शेरबहादुर देउवालाई खुसी पार्ने प्रयत्न पनि उहाँबाट भयो । तर, कुनै कदम चाल्नुपूर्व सल्लाह गर्नुभन्दापछि त्यस्तो कदम चाल्नुले उहाँको नेतृत्व-क्षमता कमजोर रहेको पुष्टि भयो । अर्को गिरिजाप्रसाद हुने उहाँको महत्त्वाकाङ्क्षा पनि यही कदमबाट प्रस्टियो जसले काङ्ग्रेसलाई फेरि अल्मल्याउन पुग्यो ।
यतिन्जेल काङ्ग्रेस अनेक अलमलमा अल्भिmयो । कहिले सभापति शक्तिशाली हुनर्ुपर्छ भन्ने, कहिले सामूहिक नेतृत्वको कुरा गर्ने, यसखालको अवसरवादी विचारबाट ग्रस्त भयो । तर, अब एउटा सही दिशा लिएर अघि बढ्ने आँट र अठोट लिनुपर्ने बेला छ । अहिले हाम्रो लोकतन्त्र मात्र सङ्कटमा परेको छैन मुलुक नै ठूलो सङ्कटमा छ । यो सङ्कटको सामना गर्दै पार्टीलाई सशक्त र जुझारू ब्ानाउनु जरुरी छ । काङ्ग्रेसको पछिल्लो महाधिवेशनले थुप्रै युवालाई निर्वाचित प्रतिनिधिका रूपमा केन्द्रीय समितिमा पठाउनुका पछाडि सुस्ताएको काङ्ग्रेसलाई ऊर्जा दिने र काङ्ग्रेसलाई समयानुकूल परिमार्जनसहित अघि बढ्ने सामर्थ्य प्रदान गर्ने मतदाताहरूको चाहना लुकेको छ । यस कुरालाई काङ्ग्रेसको शीर्ष नेतृत्वले गम्भीरतासाथ मनन गर्नुपर्छ, यस्तो भावनाको सम्मान गर्दै उचित कदम चाल्नर्ुपर्छ । कुनै पनि काम कसैको व्यक्तिगत चाहना वा निर्णयको आधारमा होइन सामूहिक छलफल र सहमतिको आधारमा गरिनर्ुपर्छ, होइन भने लोकतान्त्रिक पार्टी हुनुको गौरव कायम रहन सक्दैन ।
मुलुक सङ्कटमा परेको, लोकतन्त्रमाथि वामपन्थी र उग्र वामपन्थीहरूको प्रहार भइरहेको र बहुलवादजस्तो लोकतान्त्रिक व्यवस्थाको मूल आधारप्रति असहमति जनाउँदै माओवादीले जबर्जस्ती आफनो संविधान लाद्न खोजिरहेको अवस्था छ । यसैगरी हरेक नागरिकलाई सैन्य तालिम प्रदान गर्नुपर्नेजस्तो वाहियात कुरा उठाइरहेको बेला काङ्ग्रेस लोकतन्त्रको रक्षाकै लागि पनि आन्तरिक कलहबाट माथि उठ्न सक्नर्ुपर्छ । यसैले पुरानै शैलीमा नातागोता, आसेपासे र अरौटे-भरौटेभन्दा दलभित्र योगदान दिएका, सक्षम र निरि्ववाद व्यक्तिहरूलाई केन्द्रीय समिति र पदाधिकारीमा चयन गरी अघि बढ्ने आँट सभापतिले गर्नुपर्छ ।
पार्टीलाई हाँसोको विषय बनाउनु हुँदैन, उदाहरणीय बनाउनर्ुपर्छ । नेतृत्व्ाले यो कुरा सोचोस् । केन्द्रीय समितिका बैठकहरू निर्णयविहीनताको स्थितिमा सकिनु पार्टीको बेइज्जती हो । नेतृत्व्ाले यो कुरा पनि सोचोस् । अहिले माओवादीजस्तो उग्रपन्थी पार्टीले काङ्ग्रेसलाई अर्घर्ेेे देखिरहेको छ । उसले ‘बहुलबाद’ स्वीकार नगर्ने भन्दै लोकतन्त्रकै विरुद्ध हुँकार छाडिरहेको अवस्था छ । बहुलवादबिना लोकतन्त्र र मानवअधिकारको सुरक्षा हुन नसक्ने सन्दर्भमा यसरी लोकतन्त्रकै विरुद्धमा उठ्ने आवाज र चालिने षड्यन्त्रपूर्ण कदमहरूलाई निस्तेज पार्नका लागि पनि नेपाली काङ्ग्रेस एउटा बलियो दलको रूपमा रहनु आवश्यक छ । यस कुरालाई समस्त काङ्ग्रेसीजनले बुझ्नर्ुपर्छ । लोकतन्त्रमाथिको चुनौतीलाई ख्याल राख्दै लोकतन्त्रविरोधी तथा निरङ्कुशता र अधिनायकवादी, सर्वसत्तावादी चरित्रको विरुद्धमा एक हुनु आजको आवश्यकता हो । यस सन्दर्भमा दलभित्रको लोकतन्त्रलाई नै सुदृढ बनाउन लागिपर्नु र अनिर्णयका लागि भन्दा ठोस निर्णयका लागि बैठक बस्नु उचित हुन्छ ।
समग्रमा भन्नुपर्दा काङ्ग्रेस यतिखेर लाजलाग्दो कलहमा छ । अरूलाई लोकतन्त्र सिकाउने काङ्ग्रेस आफंै आन्तरिक लोकतन्त्रको अभावमा घरझगडामा अल्मलिएको छ । विगतका अनुभवबाट पाठ सिक्दै र चेत्दै पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने आँट गर्नुपर्नेमा यसरी यथास्थितिमै अल्झनु वा परम्परालाई पछ्याउनुले काङ्ग्रेसमाथि लाग्दै आएका आरोपहरूबाट उसले मुक्त हुन सक्दैन न त पुरातन मानसिकताले पार्टीलाई अगाडि बढाउन नै सक्छ । यसर्थ यतिखेर काङ्ग्रेसका सभापति सुशील कोइरालाले आफूलाई कोइराला वंशको उत्तराधिकारी होइन लोकतन्त्रका पक्षमा निरन्तर सङ्घर्षरत जिम्मेवार पार्टीको सभापतिका रूपमा प्रस्तुत गर्न सक्नर्ुपर्छ । यसैमा मुलुक र काङ्ग्रेसको कल्याण सम्भव छ ।