सुनसरीस्थित मुसहर बस्तीको पीडा, कहिले बाढी त कहिले आगलागी

सुनसरीस्थित मुसहर बस्तीको पीडा, कहिले बाढी त कहिले आगलागी


सुनसरीस्थित मुसहर बस्तीमा आगलागी भएको छ । आगलागी भोक्राहा–६ नरसिंहस्थित मुसहरी बस्तीमा आगलागी भएको हो ।
आगलागीका कारण २५ परिवारको घर, धनमाल, लत्ताकपडा, जिन्सी, फर्निचरका सामग्री जलेर नष्ट भएको छ । प्रहरीका अनुसार आगलागीबाट ५० लाख मूल्य बराबरको धनमाल क्षति भएको छ ।

आगलागी स्थानीय कालु ऋषिदेवको घरबाट शुरु भएको थियो । यसै बस्तीमा बर्खाको बाढीले पनि क्षति पु¥याएको थियो ।