लमजुङमा वाम गठबन्धनबिरुद्ध उजुरी

लमजुङमा वाम गठबन्धनबिरुद्ध उजुरी


मंसिर ७ गते राती १२ बजेदेखि मौन अवधी सुरु भएपनि वाम गठबन्धनले आचारसंहिता उल्लंघन गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।

जिल्लामा बाम गठवन्धनका उम्मेदवारले निर्वाचन आचारसंहिताको उलङ्घन गरेका हुन् । निर्वाचन सुरु हुन २० घण्टा पनि समय बाँकी नरहेको अवस्थामा बाम गठवन्धनका उम्मेदवार देवप्रसाद गुरुङलाई जिताउन भन्दै गत शनिबार पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।

जनसमाजवादी पार्टीका प्रतिनिधी सभा उम्मेदवार निराजन कुँवर, प्रदेश सभा क का उम्मेदवार बुद्धिमान परियार र प्रदेश नं. ख का उम्मेदवार हर्केसार्कीले संयुक्त विज्ञप्ती जारी गरि बाम गठवन्धनका उम्मेदवार देवप्रसाद गुरुङ, पृथ्वी सुव्वा गुरुङ र धनन्जय दवाडीलाई विजयी गराउन आफूहरुले सहयोग गर्ने बताएका थिए ।

आचारसंहिताको उलङघन गरी दलका उम्मेदवार र गठवन्धनले पत्रकार भेटघाट गरी मत मागेको भन्ने उजुरी जिल्ला प्रशासन कार्यालयमा आएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचर्यले बताए । उनले भने मौन अवधिमा पत्रकार सम्मेलन गरी भोट माग्नु निर्वाचन आचारसंहिता विपरित हो ।

घटनाको विषयलाई लिएर नेपाली काग्रेस लमजुङले आचारसंहिता उलङ्गघन गरेको भन्दै कार्बाहिको माग गरेको छ । नेपाली कांग्रेसका जिल्ला सचिव हरि वरालद्धारा जारी विज्ञाप्तीमा भनिएको छ ‘मौन अवधिको समयमा कुनै पार्टीको कार्यक्रम गर्न नहुने अवगत भएतापनि कानुनको धज्जी उडाउँदै पत्रकार भेटघाट गर्नु आचारसंहिता विपरीतको कार्य हो । यसलाई कारवाहीको दायरामा ल्याउनु आवश्यक छ ।’