नेतृत्वविहीन बन्यो वैदेशिक रोजगार विभाग

नेतृत्वविहीन बन्यो वैदेशिक रोजगार विभाग


वैदेशिक रोजगार विभाग नेतृत्वविहीन बनेको छ । कर्मचारीसँगको मिलेमतोमा म्यानपावर कम्पनीसँग १० लाख रुपैयाँ घुस लिएको आरोपमा विभागका महानिर्देशक विश्वराज पाण्डे पक्राउ भएसँगै विभाग नेतृत्वविहीन बनेको हो ।

पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंसिर २९ गते बुधबार उनकै निवासबाट पक्राउ गरेपछि विभागले नयाँ महानिर्देशक पाउन सकेको छैन ।

पाण्डेले सरकारी जागिरबाट अवकास पाउन ६ दिन बाँकी रहेकै अवस्थाका पक्राउ भएका थिए । अख्तिायरले उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

श्रम तथा रोजगार मन्त्रालयले पाण्डे पक्राउ भएको एक महिना बित्न थाल्दा पनि नियमित काम कारबाही गर्न कसैलाई पनि निमित्त महानिर्देशक नदिएको विभागका एक कर्मचारीले बताए ।

विभागले महानिर्देशक नपाउँदा नियमित काम भए पनि निर्णण गर्नेदेखि कार्यन्वयन गर्ने काममा समस्या खडा भएको विभागका एक अधिकारी बताउँछन् ।

विभाग नेतृत्वविहीन हुँदा पीडित कामदारले दिएको उजुरीका आधारमा काम कारबाही रोक्का गर्नुपर्ने म्यापावर कम्पनीलाई छुट्कारा दिन परेको उनको भनाइ छ ।

यसैगरी लामो समयदेखि काम कारबाही रोक्का भएका म्यानपावर कम्पनीले पीडितलाई क्षतिपूर्ति दिए पनि उनीहरूको कारबाही फुकुवा गर्ने काम रोकिएको छ ।

स्रोतका अनुसार मंसिर १३ गतेदेखि उजुरीकै आधारमा काम कारबाही रोक्का गरिएको कतिपय म्यानपावरहरुले पीडितलाई उद्धार गरिसकेपनि उनीहरुको काम कारबाही फुकुवा गर्ने निर्णय नभएपछि उनीहरु मारमा छन् ।