बर्माको विपक्षी पार्टीहरुमा विभाजनको लक्षण

बर्माको विपक्षी पार्टीहरुमा विभाजनको लक्षण


लण्डन / पश्चिमेली मुलुकहरुका सरकार र बर्माका लोकतन्त्रवादी पक्षधरहरुले २० वर्षपछि अब आउने नभेम्त्रर महिनाको ७ तारिखमा हुन गइरहेको बर्माको आम चुनाव निष्पक्ष र स्वतन्त्र हुँदैन भन्नेकुरामा आलेाचना गरिरहेको बेला चुनावको ब्यापक तैयारी भइरहेको छ । बर्माभित्र विदेशी पर्यवेक्षक र सञ्चारकर्मीहरुलाई सो आम चुनावको बेलामा निषेध गरिएको छ । एकजना बीबीसीका सञ्चारकर्मी लुकेर बर्मा छिरेका थिए । उनबाट प्राप्त भएको हालको गतिविधि यहाँ सम्प्रेषण गरिँदै छ ।
बर्मावासीहरु रहष्यमयी घेराभित्र रहेर अन्धविश्वासलाई चरमोत्कर्ष रुपमा लिने गर्दछ । तर, अहिले अनिश्चिताको एउटा भविष्या उनीहरुसामु उभिएको छ । बीबीसीका सम्वाददाताले रंगूनको सबैभन्दा ठूलो स्वेदागोन पेगोडाको भुँइमा योगासान मूद्रामा बसीरहेका युवाहरुको समूहलाई सेतो वस्त्र धारण गरेर बौद्ध प्रार्थनामा लिन स्वर्ण रंगमा पोतिएको पेगोडातर्फ उन्मुख देखेका थिए । सन् १९९०मा बर्मेली जनताले आङ्ग सान् सू कीइलाई बिजयी बनाएका थिए, तर, बर्माका सैनिक शासकहरुले सत्ता हस्तान्तरण गरेनन् । २० वर्षदेखि सैनिक शासकहरुबाट पिल्सिँदै आएका बर्मेली जनताहरुलाई अहिले भोटको लागि पहिलोचोटि आव्हान गरेको छ । नेतृ आङ्ग सान विगत २० वर्षदेखि घरमा नै नजरबन्द छिन् । अहिले नयाँ कानूनबमोजिम तिनले चुनावमा भाग लिन पाउँदिनन् । तिनका पार्टी नेशनल लिग फर डेमोक्रेसीले तिनीबिना चुनावमा भाग लिन इन्कार गरेका छन् । सैनिक शासकहरुले आफै नियुक्त गरेका इलेक्सन कमीसनबाट नयाँ कानूनको नियम भन्दै अनिवार्य पार्टीहरुलाई चुनावमा दर्ता गर्नको लागि बाध्य बनाएको छ । जेलमा बन्दी भएकाहरुलाई उम्मेदवारको रुपमा उभ्याउन अनुमति दिएको छैन । बीबीसीका संवाददातालाई रंगूनमा एनएलडीका प्रवक्ता, न्यानवीनले, “ कानूनअनुसार हामीले हाम्रो नेतृ आङ्ग सानलाई पार्टीबाट निष्काशन गर्नुपर्ने हुन्छ र ५००जना जति जेलमा छन्, ती सदस्यहरुलाई पनि निष्काशन गर्नुपर्छ” भनेर प्रकाश पारेका थिए । फेरि थप्दै भने, “यो चुनावलाई बहिष्कार गर्ने कुरामा नेतृले भनेअनुसार यदि एनएलडीको मान्छे हो र एनएलडीलाई भोट दिने हो भने चुनावकेन्द्रमा जाँदै नजाऊँ भनेका छन् । यो नेतृको भनाइ हो, तर, भोट दिने र नदिने कुरामा आ-आफैले विचार पुर्‍याउने हो” भनेर उद्धृत गरेका थिए । बर्मालाई नियन्त्रण गर्ने मान्छे, वरिष्ठ जनरल थान स्वेले योजनाबद्ध तरिकाले समय मिलाएर यो खेल खेलिएको भन्ने आरोप लगाएको छ । आलोचकहरुले सम्प्रेषण गरेअनुसार वर्तमान सैनिक शासकहरुले पार्लियामेन्टमा २५ प्रतिशत सांसदहरुको सिट आरक्षण सैनिक शासकहरुका लागि र क्षेत्रीय विधानहरुमा विधाएको सीटहरु सेनाका मान्छेहरुका लागि आरक्षण राखिएको छ । दर्जनौ सेनाका अधिकृतहरु सेनाबाट राजीनामा दिएर सिभिलियनसरह पार्टीहरुमा संलग्नता जनाएर सैनिक शासनलाई सहयोग गर्ने खेल खेल्नलाई अभिमुख भएका छन् । न्यान विनका अनुसार यो चुनावले केही हुने होइन केवल त्यही अनुहारमा केही रंग परिवर्तन गर्नु मात्र रहनेछ । चुनावपछि तीनै सैनिक शासकहरुले शासन गर्नेछ फरक केवल उनीहरुले आर्मीको लुगा फेरेर सिभिल पोशकमा राज गर्ने छन् भनेर न्यानले संवाददातालाई बताएका थिए । बर्माका चिया पसल, बाटोघाटो, रेस्टुरान्टहरु ज्ाताततै अहिले आमजनताहरुमा चुनावको बहस चलिरहेको छ । तर, एउटा कुराचाँहि के एनएलडीले चुनावमा भाग नलिएर गल्ती गर्दै छ- भन्ने कुराले भित्रभित्रै ब्यापकता लिईरहेको छ । एकजना एनएलडीका समर्थक, पूर्वबन्दी थान न्येइनले अर्कै पार्टी खोलेर चुनावमा भाग लिनको लागि दर्ता गरिसकेका छन् । पार्टी अध्यक्षको नाताले, “लोकतन्त्रलाई निरन्तर दिनको लागि हामीले वैधानिक तरिका अपनाएर चुनावमा भाग लिनैपर्छ, तर, भोट दिने नदिने यो जनताको हातमा छ, मेरा पूर्व मित्रहरुसँग मेरो मत भिन्नता भएकोले यस पार्टीलाई उनीहरुले कम आँकेका छन् यसमा मलाई कुनै आपत्ति छैन र उनीहरुले मेरो पार्टीका तल्लोतहसम्मकालाई यस चुनावमा भाग नलिनलाई भनिरहेका छन्” भनेर सम्प्रेषण गरेका छन् । उनले अघि भने, “हाम्रो जनताहरु २० वर्षदेखि एकदमै कठिन समयहरु गुजार्दै आएका छन्, मैले वास्तवमा भन्नुपर्दा उनीहरु निस्सासिएर बसिरहेका छन् । यदि यसबेला हामीले केही गरेर उनीहरुलाई सास फेर्ने सानो ठाउँ निकाल्न सक्यौ भने तब म सम्झन्छु कि हामीले उनिहरुका लागि केही गर्‍यौ र हामी यो आगमी चुनावलाई लोकतन्त्रको लामो यात्राको पहिलो कदम ठानेर लिएका छौ” भनेर आफ्नो भाषणमा भनेका थिए । अरु विरोधी पार्टीका मानिसहरुले यसलाई लामो समयसम्मको लोकतन्त्रको संघर्षलाई धोका भनेर संज्ञा दिएका छन् । यसकारण चुनावअघि नै विरोधी पार्टीहरुमा विभाजनको लक्षण देखिएको छ । श्रोत – बीबीसी, सुमल, मेस ।