सल्भा कीर र रिइक माचारबीच सहमति : साउथ सुडानमा शान्तिको आशा

सल्भा कीर र रिइक माचारबीच सहमति : साउथ सुडानमा शान्तिको आशा


दक्षिण सुडानमा सरकार र विद्रोही समूहले शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन् । चार वर्षदेखि दक्षिण सुडानमा भइरहेको गृहयुद्व गत बिहीबार भएको शान्ति सम्झौतासँगै अब अन्त्य हुने अपेक्षा गरिएको भएकोे छ ।

सहमतिपत्र हस्ताक्षर समारोहमा सहभागी अफ्रिकी संघका अधिकारीले सन् २०१३ को डिसेम्बरदेखि सुरु भएको डरलाग्दो गृहयुद्व अन्त्य भई यसै हप्तादेखि मेलमिलाप सुरु हुने बताएका थिए । शान्ति सम्झौतामा हस्ताक्षर भएकोमा सर्वत्र स्वागत गरिए पनि सम्झौताको पूर्ण र प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ ।

राजनीतिक समझदारीपछि दक्षिण सुडानको हिंसा अवतरण भएको छ । दक्षिण सुडानका राष्ट्रपति सल्भा कीर र उहाँका पूर्व सहकर्मी तथा विद्रोही समूहका प्रमुख रिइक माचारले राजनीतिक समझदारी जुटाएका हुन् ।

ज्ञात रहोस्, यसअघि सन् २०१५ मा पनि हिंसा अन्त्यका लागि भन्दै शान्ति सम्झौता भएको थियो, तर केही समयमै सम्झौता तोडिएको थियो ।