आजबाट स्वस्थानी व्रत सुरु, साँखुमा भिड

आजबाट स्वस्थानी व्रत सुरु, साँखुमा भिड


आजबाट स्वस्थानी व्रत सुरु भएको छ ।  पौष शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत सुरु हुने पूर्णिमा सोही अनुरुप सनातन धर्मावलम्बीहरूले आजदेखि श्रीस्वस्थानी व्रत सुरु गरेका हुन ।

नेपाली सनातन समाजमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी व्रत बस्ने परम्परा छ । एक महिनासम्म मध्याह्नमा महादेव र श्रीस्वस्थानी परमेश्वरीको पूजा आराधना र माहत्म्य वाचन वा श्रवण गर्ने परम्परा छ ।

व्रतको अन्तिम दिन अर्थात् माघ शुक्ल पूर्णिमाका दिन सम्पूर्ण पूजासामग्रीसहित अक्षता, बेलीपुष्प, सुपारी, जनै, पान, बत्ती, रोटी एवं मौसमअनुसारका फलफूलहरु एक सय आठको संख्यामा चढाई शिवलिङ्ग र ओमकारयुक्त अष्टदलमा श्रीस्वस्थानीको विशेष पूजा गरिन्छ ।

श्रीस्वस्थानीलाई चढाइएका १०८ मध्ये आठ्आठ वस्तु पत्पित्नी वा छोरा्छोरीलाई दिइन्छ । प्रसाद दिने व्यक्ति नभए नदीमा बगाउने चलन छ । चढाइएका पदार्थमध्ये एक सय रोटी आदि वस्तुहरु व्रतालु आफैंले खाने गर्छन् ।

सोमवार नै काठमाडौंको साँखुस्थित शालीनदीमा माधवनारायण मेला सुरु भएको छ । श्रद्धालुहरू महिनाभर शालीनदी किनारमा बसी निष्ठापूर्वक व्रत पूरा गर्छन् ।