चौथो सगरमाथा अन्तर्राष्ट्रिय कराते हुने

चौथो सगरमाथा अन्तर्राष्ट्रिय कराते हुने


नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुसार, शाखा डोजो नक्सालको १९ औं बार्षिकोत्सवको अवशरमा, चौथो सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता यही पौष २७ गते बिहिवार देखि शुरु हुने भएको छ ।

प्रतियोगितामा नेपाल सहित मित्रराष्ट्र भारत, बंगलादेश र भुटानका करिव दुई हजार खेलाडीहरुको सहभागिता रहनेछ । पुरुष तर्फको जुनियर तथा क्याडेट ईभेन्टसमा २३, २५, २७, ३०, ३३, ३५, ४० र पुरुषकै सिनियर तर्फ ४५, ५०, ५५, ६०, ६७, ७५ किलो तौल समुहमा प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै एकल काता गरी १४ ईभेन्टस् र महिला तर्फ जुनियर तथा क्याडेट २३, २५, २७, ३०, ३३, ३५, ४० र महिला कै सिनियर तर्फ (४५, ५०, ५५,६१, ६७, ६८ किलो तौल समुहमा र एकल काता गरी १४ ईभेन्टस् गरी कुल २८ स्वर्णका निम्ति प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एबम् शाखा डोजो नक्सालका प्रमुख प्रशिक्षक ईश्वर थापा गजेन्ले जानकारी गराएका छन् ।

प्रत्येक बर्ष आफ्नो बार्षिक कार्यक्रम र खेल गतिविधि सन्चालन गर्ने मुलुक भरिका डोजो मध्ये कै चर्चित डोजोको रुपमा स्थापित यस शाखा डोजो नक्सालले यस अघि आफ्नो १८ बर्षे यात्रा पुरा गर्दै १८ वटा बिभिन्न प्रतियोगिता सम्पन्न गरिसकेको छ । यो समग्रमा नक्सालको १९ औं कार्यक्रम हो ।

दुई दिन सम्म चल्ने उक्त प्रतियोगिताका खेलहरु नक्साल नारायणचौर स्थित स्टार भेन्यु पार्टी प्यालेशमा संचालन हुनेछ ।