नेपालका ५५ ग्यास उद्योगमध्ये चार मात्र मापदण्डभित्रका

नेपालका ५५ ग्यास उद्योगमध्ये चार मात्र मापदण्डभित्रका


छविलाल बगाले

सरकारी नीति र निर्देशनलाई वेवास्ता गरी ग्यास उद्योग खोल्ने उद्योगहरुलाई सरकारले कारबाही थालेको छ । सरकारको निर्देशन र मापदण्ड नपु¥याई खोलिएका उद्योगहरु अनुगमन गर्दै सरकारले बन्द गर्न थालेको हो ।

शुक्रबारदेखि सरकारले ग्यास उद्योगहरुमा अनुगमन थालेको छ । ग्यास उद्योगहरुले सरकारको न्युनतम मापदण्ड पनि नपु¥याई उद्योग स्थापना गरी मनपरी गरेको भन्दै अनुगमनको कार्यं थालेको हो । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर चिन्ह (एनएस) नलिने उद्योगलाई कारवाही गर्न थालेपछि ग्याँस उद्योगीहरुमा यतिबेला छटपटी शुरु भएको छ ।

विभागले विहीवार एनएस नलिने उद्योग बन्द गराउने निर्णय गरेपछि संघको शुक्रबार बसेको आकस्मिक बैठकले आइतबार एनएसका लागि सबै उद्योगले विभागमा आवेदन दिने निर्णय गरेको बताइएको छ । विभागले थालेको अनुगमनका क्रममा बनेपामा रहेका चण्डेश्वरी र सूर्य ग्यास उद्योगलाई बन्द गरेको छ । वीरगंजस्थित सुपर ग्यास उद्योगमा आगलागी भएर ठूलो धनजनको क्षति भएपछि सरकारले ग्याँस उद्योगको अनुगमनमा तीब्रता दिएको छ । यसैकारण पनि नेपाल गुणस्तर तथा नापतौल विभागले एनएस लिन बाध्यकारी पारेको हो ।

आपूर्ति ब्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार नेपालमा चारवटा मात्रै ग्याँस उद्योग सरकारी मापदण्ड भित्र रहेका छन् । उनले गुणस्तर विभागले अनुगमन थालेकोले अनुगमनपछि सबै तथ्य बाहिर आउने जानकारी दिएका छन् ।

नेपालका ९५ प्रतिशत ग्याससम्बन्धि बोटलिङ प्लान्ट असुरक्षित अवस्थामा रहेको भन्दै दाहालले नेपाल आयल निगमले गल्ती गरेको बताए । उनीहरूले कुनैपनि प्रकारका सुरक्षात्मक प्रणाली कार्यान्वयनमा नल्याएको भन्दै यस्ता उद्योगलाई सुरक्षित बनाउन मापदण्ड ल्याइएको बताए ।

नेपालमा ५५ वटा ग्यास उद्योग सञ्चालनमा छन् । ती मध्ये ४ वटा ग्यास उद्योगले मात्र एनएस लिएका छन् । विभागले एकबर्ष अघि राजपत्रमा प्रकाशित गरेर मापदण्डपालन गरी एनएस गुणस्तर प्रमाणपत्र लिन उद्योगीलाई समय दिएपनि चार उद्योग बाहेक अन्यले मापदण्डलाई वेवास्ता गर्दै आएको महानिर्देशक दाहालले जानकारी दिए ।