ब्रिटिश आईभीएफ अन्वेषकलाई नोबेल पुरस्कार

ब्रिटिश आईभीएफ अन्वेषकलाई नोबेल पुरस्कार


लण्डन । आईभीएफ (इन भिट्रो फर्टिलाइजेशन) अर्थात् गर्भाशयबाहिर ट्युब वा भाँडामा राखेर डिम्बलाई प्रजनन विकास गर्ने चिकित्साको अन्वेषक रोबर्ट एडवार्डले प्रजनन क्षमता नहुनेहरुका लागि यस पद्धतिको माध्यमबाट प्रजनन् उपचारको उपलब्धि हासिल गरेकाले नोबेल पुरस्कार प्रदान गरिएको हो । क्याम्ब्रिजका पूर्व फिजियोलोजिस्ट प्रोफेसर रोबर्ट एडवार्ड (अहिले ८५ वर्षीय) र उनका साथी डाक्टर पैट्रिक स्टेप्टो, विख्यात ग्यानोकोलोजिस्ट सार्जनको संयुक्त प्रयासमा मानव डिम्बालाई शरीरभन्दा बाहिर अलग्गै राखेर पुरुषविर्यको योग मिलाएर प्रजनन गरी स्त्रीको गर्भभित्र प्रत्यारोपण गरेर भूर्ण विकास गर्न सफलता प्राप्त गरेका थिए । यसै पद्धतिबाट विश्वको पहिलो टेस्ट ट्यूब बच्चा लुइस ब्राउन सन् १९७८सालमा जन्मेका थिए । डाक्टर स्टेप्टो सन् १९८८ सालमा स्वर्गवास भएका थिए । अन्वेषक प्रोफेसर एडवार्ड र डाक्टर स्टेप्टोले विकास गरेका प्रजननको नौलो उपचारको आयामले मूल प्रजनन नलीसम्बन्धी कोषिकाहरुको अनुसन्धान गर्ने विषय, क्लोनिङ र बुवाआमाबाट बच्चाहरुलाई सर्ने वंशानुगत रोगहरु रोकथाम गर्ने तकनिकको विकास हुँदै आएको छ । स्टोकहोम, कारोलिन्स इन्सि्टिट्यूटका सूक्ष्मजिवाणुसम्बन्धी प्राध्यापक ख्रिस्टर हूग, नोबेल पुरस्कार समितिका एकजना मेम्बरका अनुसार, “टेस्ट ट्यूबबाट जन्मेका बच्चाले वैज्ञानिक उपलब्धिको विशाल फड्कोलाई प्रतिनिधित्व गर्छ,र यसले प्रथमपल्ट निसन्तानको उपचार सम्भावित बनाएको छ” भनेर उद्धृत गरेका छन् । प्रोफेसर एडवार्डको कार्यलाई त्यसबेला अति नै विवादित ठहर्‍याइएको थियो र भगवानसँग खिलवाड गर्न थालेका भनेर विरोध गरेका थिए । त्यसकारण कसौबाट सहयोग नभएपछि प्रजननको अनुसन्धान निजी तवरबाट अघि बढाइएका थिए । यो पद्धति सफलताका साथ सम्पन्न भएपछि, यतिबेला आईभीएफ पद्धतिलाई सम्पूर्ण विश्वले नियमित रुपमा अपनाउँदै आएका छन् । अहिलेसम्मा चालीसलाखभन्दा बढी बच्चाहरु टेस्ट ट्युब पद्धतिबाट जन्मिसकेका छन् । लुइस ब्राउनलगायत धेरै बच्चाहरु टेस्ट ट्युब पद्धतिबाट जन्मेर उनीहरुबाट जन्मने बच्चाहरु पनि प्राकृतिक रुपले जन्मिसकेका छन् । लुइस ब्राउनको सन् २००७ सालमा एउटा छोरा जन्मिसकेका छन् । उनले प्रोफेसर एडवार्डले प्राप्त गरेका नोबेल पुरस्कारको उपलक्ष्यमा, “यो एकदमै खुशीको समाचार हो, एकजना अन्वेषक जो यो पुरस्कारको हकदार थिए ढिलै भएपनि सम्मान स्वरुप प्रदान गरेकोमा हामी अत्यन्त खुशी छौ । हामी एडवार्डलाई श्रद्धा र स्नेह गर्छौं । उनलाई र उनका परिवारलाई व्यक्तिगत हिसाबबाट बधाइ पठाउन पाएकोमा अत्यन्त खुशी छौ” भनेका छन् । डाक्टर स्टेप्टो र प्रोफेसर एडवार्ड बोर्नहलको आईभीएफ क्लिनिकका संस्थापकहरु हुन् । यस क्लिनिकबाट हालसम्म लुइस ब्राउन लगायत आईभीएफ पद्धतीबाट एकहजार बच्चाहर जन्मिसकेका रेकर्ड रहेको छ । यो बोर्नहलका लागि गर्व गर्ने क्षण बनेको छ । प्रोफेसर एडवार्ड अहिले बिमारी छन् । नोबेल पुरस्कार बारे बोल्ने स्थितिमा छैनन्, तर, पहिले नै उनले भनेका एउटा कुरा यहाँ सम्प्रेषन गरिँदै छ, जीवनमा सबैभन्दा ठूलो चिज सन्तान प्राप्त गर्नु रहेको हुन्छ । बच्चा भन्दा अरु केही ठूलो होइन” भनेका थिए । श्रोत – टेलिग्राफ, सुमल, मेस ।