पर्यटन वर्ष र ‘नजिकको देउता’

पर्यटन वर्ष र ‘नजिकको देउता’


पर्यटन वर्ष- २०११ को औपचारिक उद्घाटन गत साता उल्लासपूर्ण र भव्यताकासाथ सम्पन्न भएको छ । प्रचण्ड-नेतृत्वको सरकारले घोषणा गरेको र राष्ट्रले महाउत्सवका रूपमा मनाउने भनी प्रचारित पर्यटन वर्ष निश्चय पनि महत्त्वशाली र मुलुकको आर्थिक विकासमा अहम् ढङ्गले टेवा पुर्‍याउने प्रशस्त सम्भावना बोकेको कार्यक्रम हो । द्वन्द्वबाट लामो समय ग्रसित र राजनीतिक सङ्क्रमणको चरमावस्थाका कारण उद्योग-धन्दाको विकास तथा आर्थिक गतिविधिमा शून्यता छाएको वर्तमान परिस्थितिमा देश मूलतः रेमिट्यान्सको भरमा धानिएको छ । आर्थिक गतिविधि बढाएर मुलुकलाई दर्बिलो टेवा दिन सक्ने अपार सम्भावना भएको क्षेत्रका रूपमा पर्यटन नै यतिबेला पहिलो नम्बरमा रहेको छ । तर, उद्देश्यअनुरूप यसको लाभ उठाउन त्यति सहज छैन यदि पर्यटन क्षेत्रका परम्परागत समस्या एवम् हाम्रा सोच, शैली तथा मान्यतामा समयोचित परिवर्तन नआउने हो भने ।
ँनेपाल भ्रमण वर्ष’ ९८ पछिका १३ वर्षमा पनि पर्यटन क्षेत्रका समस्या उस्ताका उस्तै छन् । सम्भावना ठूलो भएको क्षेत्रका रूपमा पर्यटनको चर्चा त्यसअघि र पछि पनि लगातार हुँदै आएको छ, तथापि यस क्षेत्रसँग प्रत्यक्ष जोडिएका समस्याको निराकरणका लागि खासै कदम चालिएका छैनन् । जस्तो कि, विमानस्थलहरूको अभाव, तेस्रो मुलुकहरूसँगको सोझो सर्म्पर्कमा कमजोरी, नेपाली ध्वजावाहक नेपाल वायुसेवा निगमको रुग्णावस्थाजस्ता तिक्त तथ्यहरूलाई उदाहरणका रूपमा लिन सकिन्छ । यी कुरामा सुधार आउनुको साटो झन्-झन् बिग्रिएको अवस्था छ । अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक ओर्लनेबित्तिकै ट्याक्सी चढाउन सुरु हुने खिचातानीदेखि फोहोर र प्रदूषित वातावरण, भद्रगोल ट्राफिक व्यवस्थालगायतका विसङ्गतिले सुरुमैै ँपाहुना’को मन कुँढ्याउँछ । जहाँ र जहिलेसुकै पर्यटकले अपेक्षा गर्ने सहयोगी र सद्भावपूर्ण व्यवहार, सुरक्षाजस्ता अत्यन्त गम्भीर पक्षप्रति पनि हाम्रो समाज उदास बन्दै गएको प्रतीत हुन्छ । वर्षभरिमा कम्तीमा दस लाख पर्यटक भित्र्याउने महत्त्वाकाङ्क्षी कार्यक्रमको लक्ष्य हासिल गर्ने सवालमा सामान्यझैं देखिने यी विषयले यथार्थमा अत्यन्तै गम्भीर मर्म बोकेका छन् । र्
पर्यटक भन्नेबित्तिकै ँगोरा छाला’ भएका मनुष्य मात्र हुन् भन्ने मानसिकताबाट नेपाली समाज समग्र रूपमा मुक्त भइनसकेको अवस्था छ । दस लाख पर्यटक भित्र्याउने महत्त्वाकाङ्क्षी लक्ष्यका सर्न्दर्भमा यो पक्ष विचारणीय छ । आज आन्तरिक पर्यटनको सम्भावनाको चर्चा जोडतोडले सुरु भइसक्दा पनि हाम्रो ध्यान नजिकका दुई छिमेकी भारत र चीनसम्म पुग्न नसकेतुल्य छ । छोटो समयमै तीव्र आर्थिक विकास गर्न सफल यी छिमेकी मुलुकबाट ‘पर्यटक पाहुना’ आकरि्षत गर्न सके दस लाखको लक्ष्य छुन अन्यत्र कसरत गरिरहनै पर्दैन । छुट्टै खर्च गरेर संरचना वा पूर्वाधारहरू निर्माण गरिरहनु नपर्ने प्राकृतिक देनले नेपाल भरिपूर्ण छ । छिमेकी भारतबाट धार्मिक तथा अन्य प्रयोजनले नेपाल घुम्न आउने यात्रु नै असङ्ख्य हुन सक्छन्, यदि यसप्रति गम्भीर रणनीतिक पहल हुने हो भने । यसका लागि छिमेकी मित्रराष्ट्रप्रति नै दुर्भाव फैलाउने किसिमका कुनै क्रियाकलाप, सोच या अवधारणाहरूको अन्त्य हुनुपर्छ जसले छिमेकी मुलुकका नागरिक नेपाल घुम्न थप लालयित बन्न सकून् । विशेषगरी नजिकको छिमेकी मित्रराष्ट्र भारतबारे नकारात्मक प्रचार गरेर हामीले आफ्नै पर्यटन क्षेत्रको विकासमा लात हानिरहेका छौँ । ‘एन्टिइन्डियन सेन्टिमेन्ट’ जागृत गर्ने कतिपय अनावश्यक प्रयत्नहरूले नेपाल गन्तव्य बनाउन तत्पर हजारौँ/लाखौँ भारतीयलाई प्रत्यक्ष या परोक्ष रूपमा अन्यत्र मुख फर्काउन बाध्य तुल्याएको छ । साँघुरिएको आजको विश्व नै एकाकार भएर अघि बढ्ने सोचको विकास भइरहेको परिवेशमा देशविशेष वा त्यहाँका नागरिकलाई चिढ्याएर मात्र होइन कूटनीतिक विधिका साथ खुसी तुल्याएर मात्र नेपालको पर्यटन फस्टाउन सक्छ । पर्यटन विकाका सर्न्दर्भमा गर्नुपर्ने कामकुरा त अनेक छन्, तर ँनजिकको देउताको हेला’ हुनुहुन्न भन्ने पाटोतर्फ पनि ध्यान दिनु अति आवश्यक छ भन्नेमा हामी सबैको चेत रहनुपर्छ ।