तेक्वान्दो टोलीको भारतलाई चुनौती

तेक्वान्दो टोलीको भारतलाई चुनौती


भारतमा हुने मुम्बई इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन नेपाली तेक्वान्दो टोली त्यसतर्फ प्रस्थान गरेको छ । भारत जाने नेपाली टोलीलाई चितवन जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष पुष्पराज जोशीले बिदाई गरेका थिए ।

यही जनवरी २६–२९ मा हुने च्याम्पियनसिपका लागि चितवन जिल्ला तेक्वान्दो कार्यसमितिका उपाध्यक्ष रोशन खानको नेतृत्वमा १४ सदस्यीय नेपाली टोली रहेको छ ।

च्याम्पियनसिपमा फाइटको ५१ केजीमा उमर खान, ५४ केजीमा अब्बास खान, ३९ केजीमा हिमाल पौडेल, ५८ केजीमा प्रितम कार्की, सौगात पोख्रेलले ५० केजीमा, हेरिस चौधरीले ४८ केजीमा तथा महिलामा मेलिना गुरुङले ५० केजी तौल समुहमा नेपालको तर्पmबाट चुनौती प्रस्तुत गर्नेछन् ।

च्याम्पियनसिपमा नेपालको तर्पmबाट जयदेव पौडेलले निर्णायकको भुमिका निर्भाह गर्ने हेड अप टिम रोशन खानले जानकारी दिए । नेपाली टोलीको टिम व्यवस्थापकमा तेक्वान्दो प्रशिक्षक मिरा थापा रहेकी छिन् । हेड अप टिम रोशन खानले खेलाडीहरुले लामो समयदेखि च्याम्पियनसिपका लागि तयारी गरेको उत्कृष्ट नतिजा हासिल गर्ने जानकारी दिएका छन् ।

चितवन तेक्वान्दो कार्यसमितिका अध्यक्ष जोशीले अन्तर्राट्रिय च्याम्पियनसिपमा नेपालले यसअघि बनाएको शाखलाई यो पटक पनि खेलाडीहरुले जोगाउनेमा आफु विश्वस्त रहेको जानकारी दिए ।