बौद्ध इन्टरनेसनलमा बास्केटबल शुरु

बौद्ध इन्टरनेसनलमा बास्केटबल शुरु


बौद्ध इन्टरनेसनल स्कुलको आयोजनामा दोश्रो बौद्ध इन्टरनेसनल अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आज (माघ ११)देखि शुरु भएको छ ।

प्रतियोगितामा ब्वाइजमा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने बौद्ध इन्टरनेसनलका प्रिन्सिपल हरि लामाले जानकारी गराए । त्यस्तै गल्र्समा ५ टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

ब्वाइजमा ठुङराम इन्टरनेसनल एकेडेमी (टीआईए) डिफेन्डिङ च्याम्पियन हो । गल्र्सको स्पर्धा यसै संस्करणदेखि सुरु गरिएको बौद्ध इन्टरनेसनलका भाइस प्रिन्सिपल व्रजकिशोर बस्ताले जानकारी दिए ।

आयोजकका अनुसार साताव्यापी प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार खर्च हुनेछ । खेलहरु अत्तरखेलस्थित आयोजककै कोर्टमा हुनेछन् ।