ऐतिहासिक तेक्वान्दो खेलाडी जन्माउने प्रदेशमा नौलो कीर्तिमान

ऐतिहासिक तेक्वान्दो खेलाडी जन्माउने प्रदेशमा नौलो कीर्तिमान


तेक्वान्दोको नाम उच्चारण गर्दा कीर्तिमानीधारी दीपक विष्टको नाम अग्रपंक्तिमा आउँछ । यसर्थमा कि दीपकले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा लगातार चार स्वर्ण पदक जितेर ऐतिहासिक कीर्तिमान कायम गरेका छन् । त्यस्तै दीपकले एसियाली खेलकुदमा तेक्वान्दोमा काँश्य पदक जितेर नेपाली तेक्वान्दोको साखलाई विश्वसामु पु-याउन अहम भूमिका खेलेका छन् ।

त्यति मात्रै होइन, दीपक नेपालका त्यस्ता तेक्वान्दो खेलाडी हुन् जस्ले ओलम्पिक छनोट पार गरेर ओलम्पिक खेलमा प्रतिस्पर्धा गरेका थिए । नेपाली खेलकुदको इतिहासमा ओलम्पिक छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउने खेलाडीहरुमा संगीना बैद्यपछि दीपक विष्टपछि नै हुन् ।

बाग्मतिमा धेरै पानी बगिसकेको छ, दीपकले सक्रिय खेलाडी जीवनवाट सन्यास लिएर अहिले तेक्वान्दोको प्रशिक्षक र पदाधिकारीको भूमिकामा छन् । तर जुन ठाउँमा दीपक जन्मे त्यो ठाउँमा अहिले तेक्वान्दोको प्रदेश समिति गठन भएको सुन्दा अनौंठो र आश्चर्य लाग्छ, तर यो सत्य हो ।

तेक्वान्दोको उर्वरभूमी मानिने र ऐतिहासिक खेलाडीहरु जन्माउन सफल प्रदेश नम्वर ७ मा हालै सुस्ताएको तेक्वान्दोलाई उस्कास्ने उद्देश्यबाट प्रेरित भएर तेक्वान्दो समिति गठन भएको छ । जुन कार्य अहिले ढिलै भएपनि स्वागतयोग्य छ । जस्लाई अहिले मूर्तरुप दिन प्रदेश नम्वर ७ का युवा र उद्यमीहरु अग्रपंतिमा देखिएका छन् । जस्ले कीर्तिमानी तेक्वान्दो खेलाडी जन्माउने प्रदेशमा नौंलो कीर्तिमान कायम भएको छ ।

युवा उद्यमी प्रदीप थापाको अध्यक्षतामा हालै धनगढीमा २७ सदस्यीय प्रदेश नम्वर ७ तेक्वान्दो समिती गठन भएको छ । समितिको उपाध्यक्षमा एआईजी हेमन्त पाल केशव भट्ट, शक्ति पन्त विष्ट र सुनिल थापा थर्कवहादुर शाह रहेका छन् । त्यस्तै महासचिवमा कटक सिंह सचिवमा मोहन प्रताप गुरुङ र कोषाध्यक्षमा नवीन जोशी र सह कोषाध्यक्षमा दिपेन्द्र कुँवरले जिम्मेवारी पाएका छन् ।

यसैगरि सदस्यमा शेरबहादुर सिंह, सरोज चौधरी, चेतराज जोशी, उपेन्द्र विष्ट, शिवराज भट्टराइर्, तारक वुढाऐर, धर्मपाल रावत, सुनिल शर्मा, उत्तम भट्ट, खेमराज भट्ट, योगेन्द्र गिरी, आवेश चन्द, गणेश मलासी, कविस अग्रवाल, जेपी चन्द, किसनसिंह भण्डारी र वेदप्रसाद चौधरी रहेका छन । यस्तै ५ सदस्यीय सल्लाहकार समिति सहित प्राविधिक सल्लाहकार कानुनी सल्लाहकार समेत चयन गरिएको नवनियुक्त अध्यक्ष थापाले जानकारी गराएका छन् ।

प्रदेश समितिको गठनसंगै नवनिर्वार्चित कार्यसमितिका पदाधिकारीहरुले तेक्वान्दो खेलको विकासको लागि अहम भूमिका निभाउने जनाएका छन् । यस क्षेत्रमा तेक्वान्दोका विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको आयोजना गर्ने र स्तरीय खेलाडी उत्पादनमा विशेष ध्यान केन्द्रीत गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।