एस इन्टरनेशनल बास्केटबल शनिबारदेखि

एस इन्टरनेशनल बास्केटबल शनिबारदेखि


एस इन्टरनेसनलको आयोजनामा सातौंँ एस अन्तर ए लेभल कलेजस्तरीय बास्केटबल प्रतियोगिता माघ १३ गते शनिबारदेखि हुने भएको छ ।

प्रतियोगिताको ब्वाइजमा ८ र गल्र्समा ६ टिमको सहभागिता रहने एस इन्टरनेसनल विज्नेस स्कुलकी प्रोग्राम म्यानेजर मिलिना ताम्राकारले पत्रकार सम्मेलनमा जानकारी गराएकि छिन् । सहभागि टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

प्रतियोगिताका सम्पूर्ण खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । फाइनल माघ २० गते हुनेछ । ब्वाइजमा मल्पी र गल्र्समा जेम्स डिफेन्डिङ च्याम्पियन हुन् ।