स्युचाटार डोजोङद्वारा खेलाडी सम्मानित

स्युचाटार डोजोङद्वारा खेलाडी सम्मानित


स्युचाटार तेक्वान्दो डोजोले स्वदेश र विदेशमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता आफ्ना खेलाडीलाई सम्मान गरेको छ । २ प्रशिक्षकसहित १७ जनालाई सम्मान गरिएकोमा ५ खेलाडी नगदसहित ट्रयाकसुट तथा बाँकीलाई ट्रयाकसुट र सम्मान पत्रबाट सम्मान गरिएको हो ।

अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत भुटान, मलेसिया, भारत र नेपालमा स्वर्ण जितेकी अस्मिता खड्कालाई १५ हजार, भुटानमा स्वर्ण जितेकी नमिका मोक्तानलाई १० हजार, मलेसियामा रजत जितेका सुवोध खड्कालाई ५ हजार तथा हङकङमा कास्य जितेकी सन्जिला तिमल्सिनालाई ५ हजार नगदसहित सम्मान गरिएको थियो । त्यस्तै दक्षिण कोरियामा भएको ११ औं विश्व तेक्वान्दो कल्चरल एक्सपोको छैटौं डान ४० वर्षमाथि उमेरसमूहमा रजत जितेका नोर्बु लामा पनि ५ हजार नगदसहित सम्मानित भएका थिए ।

सम्मानित हुने अन्यमा सफल शाक्य (कांस्य), विनिता सिग्देल (कांस्य), अस्मित रेग्मी (रजत), अमित शाही (रजत), अस्मिन राउत (स्वर्ण), राम गोले (स्वर्ण), लछुमन गोले (स्वर्ण), विनिता तामाङ (स्वर्ण), विकास श्रेष्ठ (स्वर्ण) र मोनिका रम्तेल (स्वर्ण) रहेका छन् ।

सम्मानित प्रशिक्षकमा वीरबहादुर बोम्जन र सरोज बास्कोटा छन् । उनीहरूलाई नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतले सम्मान गरेका थिए ।