आइपीएलमा छानिए सन्दीप

आइपीएलमा छानिए सन्दीप


नेपाली क्रिकेटका युवा खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग आइपिएलमा छनोट भएका छन् । लामिछानेलाई बोलकबोलमा दिल्ली डेयरले २० लाखमा खरिद गरेको हो । आइपिएलमा खरिद गरेको लामिछाने पहिलो नेपाली खेलाडी हुन् ।

५ सय ७८ जनाको अक्सन सूचीमा सन्दीप २ सय ७८ नम्वरमा थिए । अनक्याप्ड सूचीमा रहेका संदीपलाई आइपीएयलको नयाँ नियम अनुसार २० लाख भारुमा खरिद गरिएको हो । यसअघि सन्दीप पाकिस्तान सुपर लिग र बंगलादेशको घरेलु लिगको ड्राफ्टमा परेपनि अन्तिम समयमा छनोट हुनबाट बन्चित भएका थिए ।

विश्व चर्चित आइपिएलमा आठवटा टीमको सहभागिता रहन्छ । जस्मा एउटा टीममा ८ वटा विदेशी खेलाडी रहन्छन् ।