लोकतन्त्र पक्षधर शक्ति एक्लिने खतरा

लोकतन्त्र पक्षधर शक्ति एक्लिने खतरा


अगुवाइ प्रचण्ड नभए झलनाथ
विद्यमान लोकतान्त्रिक गठबन्धनलाई तोड्न माओवादीले विगत वर्षदेखि गरेको प्रयास सफल हुनसक्ने सम्भावना बढेको छ । नेकपा एमालेले झलनाथ खनाललाई प्रधानमन्त्रीको उम्मेवार बनाउने निर्णय गरेपछि उक्त सम्भावना बढेको हो । खनाल एमालेभित्र मदन भण्डारी प्रतिपादित बहुदलीय जनवादविरोधी ‘हार्डलाइनर’ नेताका रूपमा चिनिनुहुन्छ । उहा“ले प्रजातान्त्रिक मोर्चाको विकल्पमा वामपन्थी गठबन्धनलाई जोड दि“दै आउनुभएको छ । नेपाली काङ्गे्रस र प्रजातान्त्रिक प्रणालीको खास विरोधी मानिनुहुने खनाललाई माओवादीले समर्थन दिने विश्वास दिलाएको छ र उहा“ माओवादी समर्थनमा आफू प्रधानमन्त्री बन्न पाइनेमा ढुक्क हुनुहुन्छ । राष्ट्रिय सहमतिको सरकार गठन गर्ने नाममा आफ्नै पार्टी नेतृत्वको सरकार विस्थापित गराउन मुख्य भूमिका निर्वाह गर्नुहुने एमाले अध्यक्ष झलनाथ खनालले सहमतिको सरकार बन्न नसक्ने निश्चित भएपछि एमाले पार्टीका नेता तथा कार्यकर्ताहरूस“ग क्षमायाचना गर्ने र अध्यक्ष पदबाट समेत राजीनामा गर्ने अपेक्षा गरिएकोमा उहा“ अपेक्षाविपरीत बहुमतीय नै भए पनि प्रधानमन्त्री बन्न अग्रसर हुनुलाई आर्श्चर्यजनक मानिएको छ । अब कुनै चामत्कारिक घटना नभएमा माओवादीको समर्थन लिएर झलनाथ प्रधानमन्त्री बन्ने निश्चितप्राय: भएको छ ।
माओवादीको समर्थन लिएर प्रधानमन्त्री बन्न सफल भए पनि झलनाथ खनाल माधव नेपालजस्तो ‘स्वतन्त्र’ र शक्तिशाली प्रधानमन्त्री बन्न सम्भव ठानिएको छैन । माओवादी सहयोगले प्रधानमन्त्री भएमा झलनाथ सेरेमोनियल प्रधानमन्त्री मात्र बन्नुहुने विश्वास गरिन्छ । प्रचण्डहरूले खनालको का“धमा बन्दुक राखेर चलाउने राजनीतिक विश्लेषकहरूको अनुमान छ । माधव नेपाललाई काङ्गे्रस र मधेसकेन्द्रित दलहरूले सरकार चलाउन स्वतन्त्र छोडेका मात्र थिएनन्, गृह, रक्षा, अर्थ, सामान्य प्रशासन, सञ्चार र शान्तिजस्ता महत्त्वपूर्ण मन्त्रालयको जिम्मा पनि लगाएका थिए । माओवादीले खनाललाई कदाचित प्रधानमन्त्री बनाइहालेछ भने पनि उल्लिखित महत्त्वपूर्ण मन्त्रालयहरू जिम्मा लगाउने सम्भावना भने पटक्कै देखि“दैन ।
माओवादीले पनि पार्टी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । सबैभन्दा बलियो उम्मेदवार प्रचण्ड नै हुनसक्ने ठहर गर्दै मंगलबार बसेको माओवादी बैठकमा मोहन वैद्यले प्रचण्डलाई उम्मेदवार बनाउन गर्नुभएको प्रस्तावमा डा. बाबुराम भट्टराईले समर्थन गर्नुभएको थियो । अब माओवादीले आफ्नै नेतृत्वमा सरकार गठन गर्न अन्तिम समयसम्म प्रयास गर्ने र केही गर्दा पनि सरकारको नेतृत्व गर्ने अवसर नआएमा प्रजातान्त्रिक मोर्चाका विरुद्ध वामपन्थी गठबन्धनको सरकार निर्माण गर्न पहल गर्ने विश्वास गरिन्छ । यस्तो पहललाई माओवादी अध्यक्ष प्रचण्डले लोकतन्त्रविरुद्धको मात्र होइन छिमेकी मित्रराष्ट्र भारतकै विरुद्धको अभियानका रूपमा निकटवर्तीहरूबीच व्याख्या गर्ने गर्नुभएको छ । प्रचण्डले भारतविरुद्धको मोर्चामा आफूहरूलाई एमालेका झलनाथ खनाल र नेपाली काङ्गे्रसका शेरबहादुर देउवाको समेत साथ रहने विश्वास प्रकट गर्दै आउनुभएको छ । तर, केन्द्रीय समितिको बैठकले भने तत्काल खनाल या अरू कसैलाई प्रधानमन्त्रीमा समर्थन गर्ने सङ्केत दिएको छैन । रणनीतिक कुरा भएकोले गोप्य राख्न चाहेको अनुमान राजनीतिक विश्लेषकहरूले गरेका छन् ।
अब प्रधानमन्त्री पदका लागि यसै साता हुने निर्वाचनमा माओवादीका प्रचण्ड, नेपाली काङ्गे्रसका रामचन्द्र पौडेल र एमालेका झलनाथ खनालबीच पहिलो चरणमा स्वतन्त्र प्रतिस्पर्धा हुने र दोस्रो चरणमा प्रचण्डले आफ्नो उम्मेदवारी फिर्ता लिएर झलनाथलाई समर्थन दिने सम्भावना छ । माओवादीभित्र प्रचण्ड र मोहन वैद्यको समूह सरकारको नेतृत्व आफूले गर्न नपाएमा झलनाथलाई समर्थन गर्ने पक्षमा छ भने डा. बाबुराम भट्टराईका पक्षधरहरू भने आफ्नो पार्टीलाई प्रधानमन्त्री पद नमिले प्रतिपक्षी भूमिकामा बस्ने धारणा राख्दछन् । तर, वैद्य र प्रचण्ड एक भएको अवस्थामा बाबुरामको भूमिका ‘नोट अफ डिसेन्ट’ लेख्नेमा नै सीमित हुने ठानिन्छ । प्रचण्ड-वैद्यले चाहेको निर्णय भइछाड्ने अवस्था विद्यमान रहेकोले बाबुराम भट्टराईको मात्र प्रयासले झलनाथलाई रोक्न सकिने ठानि“दैन । यद्यपि प्रचण्डले मधेसकेन्द्रित दलहरूको मात्र समर्थन लिएर आफैंलाई प्रधानमन्त्री बनाउन सक्ने सम्भावना भने टरेको छैन । मधेसकेन्द्रित दलका नेताहरूले विश्वासिलो आधार प्रस्तुत गरेमा प्रचण्ड आफैंलाई प्रधानमन्त्री बनाउन अग्रसर हुनुहुने निश्चित छ । ज्ञातव्य छ, एमाले र काङ्गे्रसले माओवादीलाई सरकारको नेतृत्व नदिने निर्णय यसअघि नै गरिसकेका छन् । कदाचित मधेसकेन्द्रित दल र माओवादीबीच गठबन्धन भयो भने एमाले र काङ्गे्रस दुवै दलले विपक्षी भूमिकामा आफूलाई सीमित गर्नुपर्नेछ । काङ्गे्रस पार्टीले प्रचण्ड र झलनाथ दुवैको नेतृत्वको सरकारमा सामेल नहुने बरु विपक्षी भूमिकामा बस्ने सोच बनाएको छ ।
यस पृष्ठभूमिमा अब झलनाथ खनाल प्रधानमन्त्री बन्न सक्ने सम्भावना बढेको छ । तर, चमत्कारपूर्ण घटना भएमा प्रचण्ड या रामचन्द्र पौडेल प्रधानमन्त्री बन्नसक्ने सम्भावनालाई इन्कार गर्न सकि“दैन । त्यसो त फेरि पनि कुनै पनि उम्मेदवारले आवश्यक बहुमत प्राप्त गर्न नसक्ने सम्भावना पनि छ । कुनै कारणवश कसैले पनि बहुमत हासिल गर्न नसकेमा प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया पुन: सुरु गर्नुपर्नेछ ।