माक्र्सवादको भ्रष्टीकरणमा माओवादीको योगदान-देवप्रकाश त्रिपाठी

माक्र्सवादको भ्रष्टीकरणमा माओवादीको योगदान-देवप्रकाश त्रिपाठी


लोभ नदेखाईकन प्राणीलाई बसमा पार्न सकिँदैन । एउटा सानो आहाराको लोभमा माछा बल्छीमा झुन्डिन पुग्छ, कनिकाका साना-साना टुक्रामा आकरि्षत हुँदा पन्छीका ज्यान जान्छन्, एउटा बोकोका कारण बाघ-चितुवासमेत पासोमा पर्छन् । सबभन्दा ठूलो ठगी गर्न ठगहरू मानिससँग अत्यन्त मधुरवाणी मात्र प्रयोग गर्दैनन्, राम्रै प्रलोभन पनि देखाउँछन् । मानिसहरू ज्यादा राजनीतिबाट ठगिन्छन्, त्यसमा पनि अति आकर्षक नारा दिनेहरूबाट । राजनीतिमा सबभन्दा आकर्षक नारा दिनसक्ने शक्तिका रूपमा कम्युनिस्टलाई लिइन्छ । र्स्वर्गको सपना देखाएर कतिपय पुरोहितहरू जसरी मानिससँग बढीभन्दा बढी ‘झार्न’ खोज्दछन्, त्यस्तै कम्युनिस्ट पनि समानता र समृद्धिको ‘शिखर-गफ’ दिएर मानिसलाई आफ्ना पक्षमा उद्वेलित तुल्याउन त्यत्तिकै तल्लीन हुन्छन् । माक्र्सले श्रमजीवीका पक्षमा आफूलाई उभ्याए र श्रमजीवीको हित पक्षपोषण गर्न एउटा दर्शन/सिद्धान्तको प्रतिपादन गरे । तर, माक्र्सको शेषपछि उनको विचारदर्शन अर्थात् माक्र्सवादलाई यसरी भ्रष्टीकरण गरियो कि आज माक्र्सवाद नै विश्व जनमासनमा एउटा आतङ्क बनेको छ ।
माक्र्सले साम्यवादको परिकल्पना गर्दा राज्य विघटनको अनिवार्यतालाई अवश्य महसुस गरेका थिए, तर उनले कम्युनिस्टहरूको स्थायी निरङ्कुश र एकदलीय तानाशाही र शासन प्रणालीको पक्षमा कहीँ कतै अभिमत जाहेर गरेका छैनन् । विघटित सोभियत सङ्घमा लेनिनले आफ्नो महत्त्वाकाङ्क्षा पूर्ति गर्न राज्यसत्तामा कम्युनिस्टको एकाधिकारलाई अनिवार्य पहलुका रूपमा व्याख्या र व्यवहार गरे । लेनिनको जगमा उभिएका स्टालिन हिंसात्मक व्यवहार र निरङ्कुशताको पर्याय नै बने । माओ त्से तुङ पनि ‘स्टालिनलाई उछिन्न’ सदा प्रयत्नशील रहिरहे । माओको प्रतिस्पर्धा पनि निरङ्कुशता र हिंसात्मक व्यवहारकै दायरामा सीमित थियो ।
हरेक परिस्थितिलाई आफू अर्थात् आफ्नो गन्तव्यअनुकूल बनाउन जस्तोसुकै साधन अपनाउन पनि कम्युनिस्टहरू सङ्कोच मान्दैनन् । कुनै समय राष्ट्रियता, राष्ट्रिय हित र राष्ट्र रक्षाका निम्ति अपनाइएका गुरिल्ला युद्धजस्तो अवाञ्छित साधन र शैलीलाई समेत कम्युनिस्टहरूले आफ्नो एकदलीय सत्ता प्राप्तिको साधन बनाए, बनाइरहेका छन् । सोह्रौँ शताब्दीका स्पानिस साम्राज्यविरुद्ध लड्न डचहरूले गुरिल्ला शैली अपनाएका थिए । सत्रौँ शताब्दीमा फिनिसहरूले पनि रसियाको हस्तक्षेपविरुद्ध लड्न गुरिल्ला शैली नै अपनाएका थिए । पोल्याण्डका बर्टे गेस्लिनले पनि राष्ट्रिय सुरक्षा र मुक्तिका निम्ति ब्रिटिसविरुद्ध गुरिल्ला युद्ध लडेका थिए । पन्ध्रौँ शताब्दीमा भियतनामी नेता ली लोइले चीनको आक्रमणका विरुद्ध सीधा लड्न नसकिने भएपछि गुरिल्ला शैली अपनाएका थिए । नेपोलियनको फौजविरुद्ध सीधा लड्न नसकिने भएपछि स्पेनमा
स्वस्फूर्त रूपमा गुरिल्ला सङ्गठन र शैली प्रयोगमा आएको थियो । सत्रौँ र अठारौँ शताब्दीमा मुगल, अफगान र पर्सियन आक्रमणविरुद्ध शिखहरूले भारतमा गुरिल्ला युद्ध लडेका थिए । स्कटिसहरूले पनि राष्ट्रिय स्वतन्त्रताका निम्ति गुरिल्ला युद्ध लडे । यस्ता अनगिन्ती दृष्टान्त छन् जहाँ राष्ट्रको निम्ति गुरिल्ला युद्धजस्तो अमानवीय र ज्यादा आपराधिक चरित्रको हिंसात्मक युद्धमा नचाहेर पनि कैयनले होमिनुपरेको थियो । तर, कम्युनिस्टहरूले भने गुरिल्ला युद्धजस्तो अवाञ्छित युद्धशैलीलाई तुच्छ सत्ताप्राप्तिका लागि प्रयोगमा ल्याए । गुरिल्ला युद्धको आडमा चीनको सम्पूर्ण सत्ता कब्जा गर्न माओलाई सफलता मिलेपछि संसारभरिका कम्युनिस्टहरू त्यस्तो युद्धप्रति अधिक आकरि्षत र प्रोत्साहित भएका देखिन्छन् । देश जोगाउन जुनसुकै तरिका अपनाउनुलाई पनि जायज भन्न सकिन्छ । पृथ्वीनारायण शाहले एकीकरण अभियानका क्रममा ब्रिटिसविरुद्ध सिन्धुलीमा अरिंगाललाई समेत प्रयोग गर्नुपरेको थियो- सीधा लड्ने सामर्थ्य नभएपछि । जंगबहादुर राणाले चीनसँगको लडाइँमा जनावरहरूलाई समेत अत्यन्त निर्मम ढङ्गले प्रयोगमा ल्याएका थिए, सीधा चीनसँग लड्न नसकिने भएकोले । गुरिल्ला शैली भन्नु नै लुकिछिपी युद्ध हो । रामायणमा रामले बालीलाई लुकेर वाँण चलाएका थिए । त्यसबापत राम त्यतिखेर र यतिखेर पनि आलोच्य छन् । गुरिल्ला शैलीमा कुनै मूल्य, मान्यता या मर्यादाको ख्याल हुँदैन, जसरी भए पनि अर्को पक्षमाथि विजय प्राप्त गर्नु गरिल्ला युद्धको ‘मकसद’ हुन्छ । तुच्छ सत्ताका निम्ति गुरिल्ला युद्धजस्तो अमानवीय, दानवीय र क्रूर साधन प्रयोग गरेर आफ्नै देशवासीलाई सिध्याउन उत्प्रेरित रहँदा संसारमा कम्युनिस्टको उचाइ बढेको छैन । साध्य जतिसुकै सुन्दर भए पनि यदि साध्यपूर्तिको साधन गलत छ भने विवेकवानहरूले साध्यप्राप्तिका बारेमा अनेकौँपटक सोच्नु उपयुक्त हुन्छ भन्नेतर्फकम्युनिस्टहरूको त्यति ध्यान गएको पाइँदैन । जालझेल, तिकडम, चालबाजी, झुट, बेइमानी र हिंसाको उच्चतम् प्रयोग गरेर सत्ता, साम्यवाद या र्स्वर्ग प्राप्त गर्न खोज्नुभन्दा असल र इमानदार नागरिक मात्र हुन सक्नु कैयन गुणा उचित हो भन्ने चेत भइदिएको भए दस वर्ष लामो गुरिल्ला युद्ध पार गरेर सम्झौतामा आइसकेका माओवादीले माक्र्सवादलाई थप भ्रष्टीकरण गर्ने भूमिकामा सायदै आफूलाई प्रस्तुत गर्ने थिए । गिरिजाप्रसाद कोइरालाको काँधमा बन्दुक राखेर काङ्ग्रेस र प्रजातन्त्रविरुद्ध प्रहार गर्दा प्राप्त भएको उच्च राजनीतिक लाभबाट प्रेरित माओवादीहरू सधैं काँधदानीहरूको खोजीमा देखिन्छन् । यसपटक कोइरालाको उत्तराधिकारीका रूपमा झलनाथ खनालको उदय भएको छ । नेकपा एमालेको वर्चश्व विस्थापित गर्न झलनाथका माध्यमबाट जति सकिन्छ त्यति आफूहरूले बाहिरबाट निर्वाह गर्ने भूमिकाले सक्दैन भन्ने सत्य माओवादीले राम्ररी बुझेका छन् । लडाकु र हतियार देखाउने र तर्साउने तर ‘क्रान्ति’चाहिँ संवैधानिक तौरतरिकाबाट नै सम्पन्न गर्ने जुन कार्यनीति एवम् रणनीति माओवादीहरूले अवलम्बन गरेका छन्, यस क्रममा एमालेलाई भुत्ते र कमजोर बनाइनुपर्ने आवश्यकताको ठहर सम्भवत: उनीहरूले गरेका छन् । सम्पूर्ण सत्ताको मालिक बन्ने लोभमा माओवादीले पूर्ण सम्झौताहरूप्रति गरेको बेइमानी र धोखाधडी तथा झलनाथ खनालसँग गरेको सातबुँदे सम्झौताले उनीहरू एकदलीय क्रूर अधिनायकवादकै पक्षमा दृढतापूर्वक उभिएका छन् र विशेष दबाबको स्थिति नबनेसम्म यसप्रति पुनरि्वचार गर्ने पक्षमा उनीहरू छैनन् भन्ने पुष्टि गरेको छ । गिरिजाप्रसाद कोइरालालाई उपयोग गरेर काङ्ग्रेसको पूर्वमान्यताविपरीत गणतन्त्र स्थापना गर्ने/गराउने सफलता प्राप्त गरेका माओवादी झलनाथलाई नयाँ जनवाद उर्फजनगणतन्त्र उर्फजनताको गणतन्त्र उर्फसमाजवादउन्मुख अवस्था व्यवस्था स्थापनाको आधारशिला खडा गर्न चाहन्छन् । जाबो प्रधानमन्त्री पद प्राप्त गर्नका लागि लोकतन्त्र, जनता र देशको भविष्यलाई नै दाउमा राख्ने कार्य गरेबापत झलनाथ खनालजीमा पश्चात्ताप नहुनु भनेको उहाँले विगत दुई दशकमा गरेको प्रजातान्त्रिक अभ्यास र त्यसक्रममा दर्शाइएका प्रतिबद्धताहरू कृत्रिम भएको प्रमाणित हुनु हो ।
माओवादीहरू गुरिल्ला युद्धबाट गन्तव्य हासिल हुने नदेखिएपछि शान्ति सम्झौतामार्फ राष्ट्रिय राजनीतिको मूल प्रवाहमा सामेल हुन आएका हुन् । तर, उनीहरूको मूल प्रवाहमा प्रवेश छलछामपूर्ण थियो, इमानदारीपूर्ण थिएन भन्ने तथ्यको पुष्टि घटनाक्रमहरूले गरिसकेका छन् । जिम्बाबेका रोबर्ट मुगावे बन्न प्रचण्डद्वारा भइरहेको लडिबुडीले उहाँलाई मुगावे बनाउने हो या निकारागुवाको डानिएल ओर्टेको नियति भोग्न बाध्य तुल्याउने हो- यो प्रतीक्षाको विषय छ । तर, माक्र्सवादको भ्रष्टीकरणमा उहाँहरूले पुर्‍याउन सक्ने जति योगदानचाहिँ पुर्‍याइसक्नुभएको छ । सबै मानिसलाई समान बनाउनुपर्छ भन्ने दर्शन बोकेका माओवादी कम्युनिस्टहरूले अन्य मानिसभन्दा आफूहरू पृथक र विशिष्ट भएको व्यवहार प्रस्तुत गरिरहेका छन् । जात, क्षेत्र, भाषा र धर्मका नाममा मानिस-मानिसबीच गम्भीर ढङ्गको दूरी बढ्ने/बढाउने कार्य उनीहरूबाट भइरहेको छ । समृद्धिको उच्चतम् सपना देखाउने उनीहरूको व्यहवार विध्वंश र विनाशको प्रलयकारी भूमिकामा मात्र सीमित देखिँदैन । एकदलीय अधिनायकवाद स्थापनाको थोत्रो रहर कायम राखेसम्म माओवादी-कम्युनिस्टको भूमिका रचनात्मक र सकारात्मक हुन पनि सम्भव छैन । माओवादीको यही ध्वंसात्मक चिन्तन व्यवहार नै माक्र्सवादको भ्रष्टीकरणमा सहायक सिद्ध हुन पुगेको छ । विगतमा सम्पन्न सम्झौताप्रति इमानदार रहँदै प्राप्त राजनीतिक उपलब्धिहरूलाई संस्थागत गर्ने दिशामा केन्द्रित रहेको भए माओवादीहरू माक्र्सवादलाई भ्रष्टीकरण गर्ने अभियानका ठूला योगदानकर्ता हुँदैनथे । निकारागुवाका डानिएल ओर्टेले गुरिल्ला युद्ध र प्रजातन्त्रवादी शक्तिहरूसँगको सम्झौताको परिणामस्वरूप सन् १९८४ मा सम्पन्न निर्वाचनमा करिब सतसठ्ठी (६७) प्रतिशत स्थानमा विजय हासिल गरेका थिए । तर, तिनै ओर्टर्ेे आफ्नै ? सत्ता लिप्सा र कथित क्रान्ति सम्पन्न गर्ने) भूमिकाका कारण सन् १९९० मा भएको निर्वाचनमा धुलिसात भए । नेसनल अपोजिसन युनियनले चवन्न (५४) प्रतिशत मत पाएपछि ओर्टेहरूको हैसियत समाप्तप्राय: भएको थियो । संविधानसभा निर्वाचन (२०६४) मा प्राप्त हैसियतले माओवादीलाई ठूलो स्वरमा कुरा गर्न सजिलो त बनाइदिएको छ, तर तिनको व्यवहारले आफ्नै भविष्य सुरक्षित गर्न सक्ने देखाएको छैन । विगतमा अपनाएको हिंसात्मक क्रियाकलापका लागि जनतासँग माफी माग्दै हत्या, लुटपाट, अपहरण, सम्पत्ति कब्जा, बलजफ्ती चन्दा असुली र धाक-धम्कीको व्यवहार परित्याग गर्ने विश्वसनीय व्यवहार प्रदर्शन गरेको भए, एकदलीय अधिनायकवादी शासन सत्ताप्राप्तिको जालझेलपूर्ण खेलबाट आफूलाई मुक्त गर्दै बहुलवादसहितको लोकतान्त्रिक मूल्य-मान्यताप्रति व्यवहारसिद्ध प्रतिबद्धता जनाएको भए नेपाली राजनीतिमा माओवादीको स्थान थप सुरक्षित हुने त थियो नै माक्र्सवादको भ्रष्टीकरणमा पनि माओवादीको योगदान न्यून हुन जाने थियो ।
माक्र्सले परिकल्पना गरेको साम्यवादको भ्रष्टीकरण क-कसले गरेका हुन् भन्ने प्रश्नमा विचार-विमर्श गरियो भने एकमत बन्न मुस्किल हुन सक्छ । जो मानिस कम्युनिस्ट दर्शनमा विश्वास राख्दछन् उनीहरू कम्तीमा माक्र्सवाद र लेनिनवादप्रति आशक्त हुन्छन् । स्टालिन र माओ त्से तुङलाई समेत आफ्ना पथ-प्रदर्शक ठान्नेहरूचाहिँ आफूलाई अझ खाँटी कम्युनिस्ट ठान्दछन् । माक्र्सवादलाई सत्तासँग अविछिन्न रूपमा जोड्ने कार्यको थालनी लेनिनबाट भएको थियो र सत्तालाई क्रान्तिको परिणाम ठान्ने विचार-दर्शनको संस्थापकका रूपमा स्टालिन र माओ त्से तुङलाई बुझन सकिन्छ । यर्सथमा माक्र्सवादको भ्रष्टीकरणमा लेनिन, स्टालिन र माओको भूमिका अग्रणी रहेको निष्कर्ष निकाल्न सकिन्छ । संसारमा सबैभन्दा ठूला-ठूला हिंसात्मक घटनाको सूत्रधारका रूपमा कम्युनिस्टहरू नै देखिएका छन् । विश्वमा सबैभन्दा धेरै मानिस सत्ता-सङ्घर्षका क्रममा मारिएका छन्, त्यसमा पनि कम्युनिस्टहरूले सुरु गर्ने या गरिएका सङ्घर्षहरूमा अत्यधिक मानिसले ज्यान गुमाउनुपरेको छ । नेपालको इतिहासमा सर्वाधिक ठूला र अविच्छिन्न युद्ध देश एकीकरणको क्रममा भएका छन् । तर, एकीकरणको सम्पूर्ण लडाइँमा भन्दा कैयन गुणा बढी मानिस नेकपा माओवादीले चलाएको सशस्त्र सङ्घर्षका क्रममा मारिनुले पनि कम्युनिस्ट हिंसाको एउटा कहालीलाग्दो तस्बिर प्रस्तुत गरेको छ । दस वर्ष लामो हिंसात्मक सङ्घर्षमा करिब पन्ध्र हजार निर्दोष नेपालीले अनाहकमा ज्यान गुमाएका छन् । इन्डोनेसियाको कम्युनिस्ट सङ्घर्षका क्रममा दस लाखभन्दा बढीले ज्यान गुमाएका थिए भने मलेसियामा मात्र पचास हजारभन्दा बढी मानिस मारिएका थिए । पेरूको माओवादी युद्धमा लाखौं मानिस मारिएका थिए भने थाइल्याण्ड, मदागस्कर, इथियोपियामा पनि हजारौँ मानिसको ज्यान गएको थियो । कम्बोडियामा लाखौँ मानिस मारिएका तथा घरबारविहीन भएका थिए । स्टालिनले कति मानिसको हत्या गरे त्यसको रेकर्ड विश्व-इतिहासले सुरक्षित राख्न सकेन, तर उनले आफ्नै पार्टीका आफूसँग असहमत चौरानब्बे हजार कार्यकर्ताको हत्या गरेका थिए । क्युवा र उत्तरकोरियामा कति मारिए त्यसको पनि तथ्याङ्क उपलब्ध हुन सकेको छैन । भारतमा चारू मजुमदारले चलाएको हिंसात्मक युद्धमा हजारौँ मारिए, अहिले पनि त्यहाँ दिनहुँ मार्ने-मर्ने क्रम जारी छ । चीनमा माओले चलाएको हिंसात्मक युद्धमा कति मारिए त्यसको पनि तथ्याङ्क भेटिँदैन तर माओले आफू सत्तारुढ भइसकेपछि सांस्कृतिक क्रान्तिका नाममा करिब तीन करोड मानिसको हत्या गरेको अनुमान गरिएको छ । गरिब र निमुखा मानिसलाई सुख र शान्तिको निम्ति भ्रान्तिपूर्ण सपना देखाएर क्रान्तिका नाममा मानिसका लासको बिस्कुल सुकाउने क्रम तेस्रो विश्वका अल्पविकसित तथा गरिब मुलुकहरूमा अझै जारी छ । सत्ताका निम्ति गरिने सङ्घर्षका क्रममा मानिस मारिने एउटा यथार्थ त छँदै छ, सत्तामा पुगिसकेपछि क्रान्तिको रक्षाका निम्ति भन्दै जसरी मानिस मारिन्छन् त्यो झनै विष्मयकारी यथार्थ बनेर हाम्रासामु उभिएको छ । यस्ता निन्दनीय एवम् दानवीय भूमिकाबाट माओवादीहरू पछि नहटेमा देशले एउटा अर्को सकस र सङ्कट व्यहोर्नुपर्ने कुरामा विश्वास गर्दा हुन्छ । माक्र्सवादको शुद्धीकरणभन्दा पनि देशवासीहरूको शान्ति, सुख, समृद्धि र स्वतन्त्रता प्रमुख मुद्दा हुन् । धर्तीको एउटा सानो इकाइ ? देश) मा शान्ति, स्वतन्त्रता र समृद्धि स्थापना गर्न नसक्नेले पृथ्वीमा साम्यवाद ल्याउने बताइरहँदा सुन्ने/देख्नेहरूले ‘अरिँगालको मह पार्ने आश्वासन’झैं ठानेका छन् । माओवादीहरूले आफ्नो विचार र व्यवहारमा परिवर्तन ल्याउन सम्भव होला त ? नेपाली र सिङ्गै विश्वले गरेको आजको सबैभन्दा व्यग्र प्रतीक्षाको विषय यही बनिरहेको छ ।