बुद्धिष्ट पर्यटक प्रबर्द्धन गर्नेबारे नाट्टा र एब्टोबीच सम्झौता

बुद्धिष्ट पर्यटक प्रबर्द्धन गर्नेबारे नाट्टा र एब्टोबीच सम्झौता


नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स नेपाल (नाट्टा) र एशोसियशन अफ बुद्धिष्ट टुर्स अपरेटर विहार (एब्टो) भारतबीच दुई देशमा बुद्धिष्ट पर्यटक प्रबर्द्धन गर्ने विषयमा सम्झौता भएको छ ।

नेपाल एशोसियशन अफ टुुर्स एण्ड ट्राभल्स नेपाल (नाट्टा)का अध्यक्ष सिएन पाण्डे र एशोसियशन अफ बुद्धिष्ट टुर्स अपरेटर विहारका महासचिव डा कादेश कुमारबीच सोमबार दुई देशको बुद्धिष्ट पर्यटन प्रवद्र्धन गर्ने विषयमा दुइपक्षिय सम्झौता भएको हो ।

नेपाल र भारत दुबै बुद्धिष्ट धर्मावलम्बीहरुको लागि महत्वपूर्ण क्षेत्र भएकाले भारतमा आउने पर्यटक नेपालमा ल्याउने र नेपालमा आएका पर्यटक भारतमा लैजाने गरी सम्झौता भएको नाट्टाका सहकोषाध्यक्ष सुरेन्द्र भट्टराईले जानकारी दिए ।

नाट्टाका अध्यक्ष पाण्डेले बुद्धिष्ट हेरिटेज साइडको संरक्षण गर्दै पर्यटकको क्षमता अभिवृद्धिमा सँगै अगाडि बढ्ने विषयमा छलफल भएको जानकारी दिए । सम्झौतापत्रमा बुद्धिष्ट क्षेत्रको अध्ययन गरी यसको विकास र विस्तारमा कसरी दुवै संस्थाबीच सहकार्य कसरी गर्न सकिन्छ भन्ने उल्लेख छ ।