भक्तपुरमा आजदेखि बिस्केट जात्रा शुरु हुँदै

भक्तपुरमा आजदेखि बिस्केट जात्रा शुरु हुँदै


आजदेखि भक्तपुरमा बिस्केट जात्रा शुरु हुँदै छ । नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा दिउँसो १ बजेदेखि शुरु हुने भएको हो ।

तौमढीबाट भैरव र भद्रकालीको रथ तानेर बिस्केट जात्रा शुरु हुने गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार जात्रा अर्को महिनाको ५ गते गहिटी पुगपछि समाप्त हुनेछ ।

भक्तपुर प्रशासनले जात्रालाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था कडा पारेको छ । स्थानिय प्रशासनले जात्रालाई कडा निगरानीमा सम्पन्न गर्नका लागि विभिन्न ३४ स्थानमा सिसी टिभी क्यामेरा जडान गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिए । उनका अनुसार जात्रामा कोही कसैले झै–झगडा गरेर हुलदंगा मच्चाएमा सार्बजनिक ऐनअन्तर्गत मुद्दा चलाएर कारबाही गरिनेछ ।

जात्रा लाग्ने क्षेत्रमा प्रशासनले एकहजार तीनसय सुरक्षाकर्मी तैनाथ गरिसकेको छ । प्रशासनले यसपटक मदिरा विक्रि वितरणमा समेत रोक लगाएको छ ।