राजविराजमा शंखधर शाख्वाको शालिक

राजविराजमा शंखधर शाख्वाको शालिक


– हेमशंकर सिंह
सप्तरीको कञ्चनरुप नगरपालिका १२ स्थित रुपनगर बजारमा निर्मित राष्ट्रिय बिभूति शंखधर शाख्वाको शालिक अनावरण गरिएको छ । रुपनगर चौकदेखि उत्तरतर्फ जाने मुलगेटमा अवस्थित शालिकको पूर्वसभासद डा. सुवोध पोखरेलले मंगलबार एक समारोहबीच अनावरण गरेका हुन् ।

शंखधरको शसालिक अनावरण गर्दै डा. पोखरेलले सबै जाति समुदायको संस्कृतिको सम्मान राज्यले गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय बिभुति शाख्वाले देश र जनताको लागि दिएको योगदानको चर्चा गर्दै डा. पोखरेलले आफू सभासद हुँदा आफ्नो संसदीय क्षेत्र विकास कोषबाट शंखधर साख्वाको शालिक निर्माणमा सहयोग गरेको खुलासा गरे ।

सोही अवसरमा कञ्चनरुप नगरपालिकाका उपप्रमुख निरु पोखरेलले सबै जातिको बेग्लाबेग्लै संस्कृतिले मात्र सुन्दर समाजको परिकल्पना गर्न सकिने बताइन् ।

कञ्चनरुप नगरपालिकाको विकास र समृद्धिको निम्ति सबै जातजातीको संस्कृतिले टेवा पुग्ने बताउँदै उनले सबैको संस्कृति जगेर्नामा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।

नेपाल अदिबासी जनजाती महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङले आदिवासी जनजातिको पहिचान रक्षाका लागी डा. पोखरेलले गरेको सहयोगको प्रशंसा गरे ।

आदिवासी जनजातिको पहिचान संरक्षण र सम्र्बधनका लागी डा. पोखरेलले पुऱ्याएको सहयोग अविष्मरनिय रहेको बताउदै अध्यक्ष तामाङले आगामी दिनमा समेत निरन्तर साथ र सहयोगको लागि आग्रह गरे ।

वर्तमान सरकार आदिवासी जनजाती लगायतका विभिन्न समुदायको पहिचान मेटाउन लागिपरेको आरोप लगाउदै उनले पहिचान र अधिकारका लागि सबै पहिचानवादी शक्ति एकजुट भएर आन्दोलनमा जानुको विकल्प नरहेकोमा समेत जोड दिए ।

नेवाः देयः दबु सप्तरीका अध्यक्ष जितबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कञ्चनरुप नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष देवीबहादुर खत्री, पुर्वप्रधानाध्यापक तिर्थराज पोखरेल, शुभकामाना महिला विकास सहकारी संस्थाकी सरस्वती निरौला, समाजसेवी इस्लाम मियाँ, हुतराज रेग्मी लगायतकाले मन्तब्य ब्यक्त गरे ।

कार्यक्रममा सालिक र गेट उत्कृष्ट निर्माण गर्ने मिस्त्री तैयब मियाँ सम्मानित भए । सालिक र गेट निर्माणका लागि सभासद एवम पुर्वसांसद डा. पोखरेलले संसदीय विकास कोषबाट सहयोग गरेका थिए । राष्ट्रिय बिभुती शंखधर शाख्वा नेपाल संवतका संस्थापक हुन् ।