मन्त्रीले उदघाटन गरेको सडक, चल्दैनन् सवारी साधन

मन्त्रीले उदघाटन गरेको सडक, चल्दैनन् सवारी साधन


मुक्तिनाथ भुसाल

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका ५ स्थित चाक्ला गल्धा जुकेना मोटरबाटोमा गरिएको लगानी प्रयोग विहिन बनेको छ । २०५० सालदेखि सडक सञ्चालन गरिएको भएपनि सडकको विस्तार पुरा भएपछि ०६५ सालमा तत्कालीन स्थाीनय विकासमन्त्री टोपबहादुर रायमाझीदरा सडकको विधिवत उदघाटन गरी बस सञ्चालन गरिएको थियो ।

स्थानीय समाजसेवी ठगिश्वर भुसालले बताएअनुसार शुरुमा जिल्लाको अमराई र चाक्लावाट दैनिक ४ वटा जिप तथा एउटा बस सञ्चालन गरिएको उक्त सडकमा विगत लामो समयदेखि यातायातका साधन नचलेको र सम्बद्ध पक्षलाई लिखित एवं मौखिक गुनासो गर्दा सुनुवाई भएको छैन ।

उक्त सडकका लागि राज्यले मोटो रकम खर्च गरेको भएपनि सवारी साधन विधिवत नचल्दा साविक जुकेना गाविसको वडा नम्वर १, २ र ३ का करिव ३०७ घरधुरी सडक उपयोग गर्नवाट बन्चित छन् । सो सडकका लागि बुटवल बनगाई चाक्ला गल्दा जुकेना हँुदै माझीदमार रुट बस तथा जिपका लागि सर्वाधिक उपयुक्त हुने स्थानीयको भनाइ रहेको छ ।