नागरिक कम्युनिटी अस्पतालमा शैलेन्द्रमोहन

नागरिक कम्युनिटी अस्पतालमा शैलेन्द्रमोहन


नागरिक कम्युनिटी हस्पिटल प्रा.लि.को नवौँ साधारणसभाले शैलेन्द्रमोहन झाको अध्यक्षतामा दश सदस्यीय सञ्चालक समिति गठन गरेको छ । गत शनिबार सम्पन्न भेलाले समितिको उपाध्यक्षमा सुरेशबहादुर श्रेष्ठ, प्रबन्ध सञ्चालकमा नागेन्द्रमोहन झा र सञ्चालकहरूमा नवीनचन्द्र श्रेष्ठ, जितेन्द्र श्रेष्ठ, भुवनचक्र जोशी, श्रीभक्त कासिछुवा, शान्ति श्रेष्ठ, सुभद्रा श्रेष्ठ तथा अरुण पाण्डेलाई चयन गर्ने निर्णय गरेको छ । भक्तपुरको गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी शिक्षण अस्पतालले कोटेश्वर र गठ्ठाघरमा पीसीएल, बीएस, बीएस्सी, बीएनसम्बन्धी नर्सिङ कलेज सञ्चालन गरिरहेकोमा अब एचए पनि सञ्चालनमा ल्याउने भएको छ ।