प्रदेश नं. १ का युवा उद्यमीसँग अनुभव आदानप्रदान

प्रदेश नं. १ का युवा उद्यमीसँग अनुभव आदानप्रदान


काठमाडौं जिल्लासहित ललितपुर, नुवाकोट र रसुवा जिल्लाका युवा परिषद् अध्यक्षहरुसहितका अग्रणी युवा उद्यमीहरुको टोलीले प्रदेश नं. १ का युवा उद्यमीहरुसँग अनुभव आदानप्रदान गरेका छन् । सहभागिताहरुले प्रदेश नं. १ को विराटनगर, सुनसरी, उदयपुर र धनकुटाका युवा उद्यमहरु अवलोकन गरी काठमाडौं युवा परिषद् अध्यक्ष नितेशलाल सिंहले जानकारी दिए।

युवाहरुले कम स्रोत साधनमा पनि सफल व्यवसाय संचालन गरिरहेकाले राज्यले युवा उद्यमीलाई सहयोग गर्ने कार्यक्रम संचालन गरेको खण्डमा देशभित्र ठूलो रोजगार सिर्जना हुने भ्रमणमा सहभागी नम्रता महर्जनले बताइन् ।

भ्रमणको पहिलो दिन उदयपुरका त्रियुगा बोइलर कुखुरा फर्म, त्रियुगा बेकरी उद्योग र हिमालय च्याउ उद्योगमा पुगी अनुभव साटासाट गरेको थियो भने उद्यमी युवाको टोलीले दोस्रो दिन धनकुटाको धनकुटाका फोहरमैला संकलन तथा व्यवासाय केन्द्र, धनकुटा, कृषि अनुसन्धान परिषद्, पाख्रिवास, महालक्ष्मी खुकुरी उद्योग धनकुटा र धर्मगंगा फलफुल नर्सरी अवलोकन गर्यो। त्यसैगरी तेस्रो दिनमा मोरङको ववियाविर्ता च्याउ (गाई फर्म), पाडा तालन व्यवसाय केन्द्र, न्यू एभरेष्ट माछा फर्म, एम।बी।सि। प्रोडक्शन प्रालि.लगायतको अनुभव साटासाट गरिएको थियो ।

भ्रमणको क्रममा पोल्ट्री व्यवसाय, पोल्ट्री व्यवसाय, च्याउ उद्योग, धनकुटा फोहर मैला सकलन तथा व्यवस्थापन लगायतका विभिन्न सफल व्यवसायहरु अवलोकन गरेको बताइएको छ ।
काठमाडौबाट युवा परिषद् जिल्ला अध्यक्ष नितेशलाल सिंह, ललितपुरबाट युवा परिषद्का अध्यक्ष रमेशचन्द्र घिमिरे, रसुवाका युवा परिषद्का अध्यक्ष सुरज अधिकारी र नुवाकोटका युवा परिषद् अध्यक्ष उपेन्द्र मिश्रले भ्रमणको नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।