भालु आक्रमणका घाइतेको उपचारार्थ ७५ हजार हस्तान्तरण

भालु आक्रमणका घाइतेको उपचारार्थ ७५ हजार हस्तान्तरण


भालुको आक्रमणमा परेर गम्भीर घाइते भएका युवकको उपचारका लागि बेंसीसहर नगरपालिका ७ का स्थानीयले चन्दा संकलन गरेका छन् ।

मस्र्याङदी गाउँपालिका २, घनपोखरा प्रोविका २४ बर्षीय सोमबहादुर तामाङको उपचारका लागि संकलन गरिएको ७४ हजार ९ सय ५० रुपैयाँ हस्तान्तरण गरिएको छ ।

मंगलबार बिहान साढे ८ बजे भालुको आक्रमणबाट गम्भीर घाइते उनको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार हुन नसकी काठमाडौं लगिएको हो । उनको उपचारका लागि बेंसीसहर नगरपालिका ७ मा रहेको साहरा युथ क्लव र घाइते युवकको गाउँ घनपोखरा प्रोबिको दूधपोखरी युवा क्लवसंग आवद्ध युवाहरुले बेंसीसहरमा चन्दा संकलन गरेको थियो ।

घाइतेको उपचारका लागि संकलन गरिएको रकम बिहीबार हस्तान्तरण गरिएको छ । साहरा युथ क्लवका अध्यक्ष कृष्ण खत्री, चन्दा संकलन कार्यक्रमका अगुवा एवं पुख्र्यौली प्रोबी घर भई हाल बेंसीसहर हाइस्कुल चोकका व्यवसायी पूर्णचन्द्र घिमिरे, अगुवा बलराम खत्री, रबि कायस्थ, कुमार थापा लगायतले प्रोबिस्थित अमृत प्राविका प्रधानाध्यापक यमनाथ घिमिरेलाई उक्त रकम हस्तान्तरण गरेको हो । चन्दा संकलनको लागि प्रोबिबाट दूधपोखरी युवा क्लबका सुकबहादुर तामाङ, विष्णु घिमिरे, आशा तामाङ, कमला तामाङ लगायत खटिएका थिए ।

गम्भीर घाइते बिरामी तामाङका लागि प्रोबिस्थित दूधपोखरी युवा क्लवका पूर्व सचिव पूर्णचन्द्र घिमिरेले ५ हजार रुपैयाँ सहयोग गरेका छन् । मस्र्याङदी गाउँपालिका २ की सेतीमाया तामाङले २ हजार २०, मस्र्याङदी गाउँपालिका २ का खुसबहादुर तामाङ र मंगले तामाङले २÷२ हजार, मस्र्याङदी गाउँपालिका २ का मोतिजंग गुरुङ, आशा तामाङ र तिल्चे मनाङका बेदबहादुर गुरुङले जनही १ हजार ५ सय रुपैयाँका दरले सहयोग गरेका छन् ।

यस्तै, बेंसीसहर ७ का बलराम खत्री, साहरा युवा क्लवका अध्यक्ष कृष्ण खत्री, बेंसीसहर ७ का कुमार थापा, मस्र्याङदी गाउँपालिका २, का टोपबहादुर गुरुङ, मिलन तामाङ, बिर्खबहादुर तामाङ र गोरखा घर भएका सवारी चालक सोमबहादुर नेपाली जनही १-१ हजार रुपैयाँ सहयोग गरेका छन् ।

यस्तै, बेंसीसहर ७ का भरत रावल, ईश्वर श्रेष्ठ, रबि कायस्थ, लमजुङ फेलोसीप, मस्र्याङदी गाउँपालिका ३ का गणेशबहादुर गुरुङ, मस्र्याङदी २ का शेषबहादुर गुरुङ, भक्तबहादुर गुरुङ, हरिबहादुर केसी, प्रकाश गुरुङ, आश तामाङ, बालकुमारी गुरुङ, आषिश गुरुङ, भुलभुलेका गजबहादुर तामाङ, भुष्मेका शुभशान्त तामाङ, सवारी चालक सुलभ गुरुङ र तिल्चे मनाङका सुकबीर गुरुङले जनही ५-५ सय रुपैयाँ सहयोग गरेका छन् ।

टाउको, हात, गाला, मुख लगायतमा चोट लागेका घाइते तामाङको उपचारमा आर्थिक अभाव देखिएपछि चन्दा संकलन गरिएको थियो ।