प्रधानमन्त्रीले राराबाट सन्देश दिने

प्रधानमन्त्रीले राराबाट सन्देश दिने


प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षका अवसरमा देशवासीका नाममा दिने सन्देश मुगुको राराबाट शनिबार बिहान दिनुहुने भएको छ । सो सन्देश दिन र रारा पर्यटन महोत्वसको प्रधानमन्त्री ओली शुक्रबार नै रारा पुग्नुभएको छ । उहाँलाई आज कर्णाली प्रदेशको मन्त्रिपरिषद्का निर्णयहरु समेत प्रदेशका मुख्यमन्त्रीबाट हस्तान्तरण गरिएको थियो ।

यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ वर्ष २०७५ सालको शुभकामना दिँदै मुलुकको समग्र आर्थिक विकासका लागि सम्पूर्ण राजनीतिक दल र जिम्मेवार निकाय दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर एकताबद्ध भई अगाडि बढ्न आवश्यक रहेको बताउनुभएको छ । नेपाली जनताको लामो त्याग र बलिदानको फलस्वरुप आफ्ना जनप्रतिनिधिमार्फत निर्माण भएको नेपालको संविधानबमोजिम स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रियसभाको ऐतिहासिक महत्वका निर्वाचन सम्पन्न भई संविधानको सफल कार्यान्वयन भइसकेको र संक्रमणकालीन राजनीतिबाट मुलुकले निकास पाएको उल्लेख गर्दै उहाँले यस ऐतिहासिक उपलब्धिपछि नेपाली जनताको अबको महत्वपूर्ण चाहना भनेको आर्थिक विकास नै हो र यसको प्राप्तिको लागि हामी सबै एकजुट भई मुलुकको सर्वाङ्गिण विकासमा अग्रसर हुनुपर्ने बेला आएको बताउनुभएको छ ।

तस्बिर रासस