प्रधानमन्त्रीको भाषण सुन्दासुन्दै ढलेका वडाध्यक्ष फेरि उठेनन्

प्रधानमन्त्रीको भाषण सुन्दासुन्दै ढलेका वडाध्यक्ष फेरि उठेनन्


रारा–कर्णाली पर्यटन वर्ष–२०७४ को उद्घाटन समारोहमा सहभागी भएका जुम्लाका एक वडाध्यक्षको शनिबार कार्यक्रमस्थलमै बेहोस भई ढलेपछि मृत्यु भएको छ ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ का वडाध्यक्ष कालीबहादुर घर्तीको कार्यक्रम चलिरहेकै बेला मृत्यु भएको हो । ६० वर्षीय घर्ती महोत्सवमा सहभागी हुन दुई दिन हिँडेर रारा पुगेका थिए, जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीको नयाँवर्ष सम्बोधन चलिरहेको थियो । स्थानीय निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित घर्ती प्रधानमन्त्रीको नयाँ वर्षको सन्देश सुनिरेहकै अवस्थामा बेहोस भई ढलेका थिए । नजिकै रहेको स्वास्थ्य शिविरमा लैजाँदै गर्दा उनको मृत्यु भएको थियो ।