कङ्गोमा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु, २६१ बेपत्ता

उत्तरपश्चिमी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)को इक्वेटुर प्रान्तस्थित कङ्गो नदीमा डुङ्गा डुब्दा कम्तीमा २८ जनाको मृत्यु हुनुका साथै अन्य २६१ जना बेपत्ता भएको बताइएको छ । दुर्घटनास्थलको निरीक्षण गरेका त्यहाँका डेपुटी प्रान्तीय गभर्नर टेलर एनगान्जीले एक भिडियो वक्तव्यजारी गर्दै ‘गम्भीर अवस्था रहेको र दोषीहरूलाई कारबाहीका लागि कडाइका साथ निर्णय गरिने’ जनाएका छन् । प्रान्तीय अधिकारीहरूका अनुसार…