छिनछिनमा मौसम बदलिरहने तोक्पेगोला : रुप बदलेर पर्यटक लोभ्याउँदै

ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्राकृतिक सुन्दरता लोपोन्मुख अवस्थामा पुग्दा मिक्वाखोला गाउँपालिका- ५ तोक्पेगोला क्षेत्रमा भने अझसम्म प्राकृतिक सुन्दरता कायम छ। यही सुन्दरताको अवलोकन गर्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ। जाति र ठाउँको नामका कारण परिचित तोक्पेगोला मिक्वाखोला-५ पापुङमा पर्छ। तोक्पेगोला समुद्र सतहदेखि चार हजार १०० मिटर उचाइमा अवस्थित रहेको…