लिगलिगे दौड प्रतियोगिता कात्तिक १ मा हुने

लिगलिगकोट राजा छनोट गर्न लागि हरेक वर्ष आयोजना गर्ने गरिएको लिगलिगे दौड प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीका लागि यस वर्ष अनलाइनमार्फत फारम भर्न खुला गरिएको छ । लिगलिग विकास अभियान, गोरखाको आयोजनामा हुने ‘लिगलिगे दौड प्रतियोगिता २०८०’ मा सहभागी हुन चाहने खेलाडीका लागि अनलाइन फारम भर्न खुला गरिएको अभियानका अध्यक्ष सञ्जीव रानामगरले जानकारी दिनुभयो ।…