चितवनमा दसैँ तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालन

चितवन, चितवनमा दसैँ तिहारलाई लक्षित गरेर आजबाट सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले सञ्चालनमा ल्याउने सुपथ मूल्य पसल आजबाट छठसम्म नारायणगढमा सञ्चालन हुने कपौरेसन चितवनका प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिनुभएको छ । दाहालका अनुसार पसलमा बजार भन्दा सस्तो मूल्यमा खाद्यान्न सामग्रीहरु उपलब्ध हुने छ ।