सम्पदाको संरक्षणमा जनप्रतिनिधको जोड

काठमाडौँ महानगरपालिकाभित्र रहेका प्राचीन ऐतिहासिक धरोवर र सम्पदाको संरक्षण गर्नुपर्नेमा जनप्रतिनिधले जोड दिएका छन् । उक्त महानगरपालिकाले काठमाडौं निर्वाचन क्षेत्रका सङ्घीयसभा र प्रदेशसभाका सदस्यसँग आयोजना गरेको विकास पूर्वाधारसम्बन्धी छलफल कार्यक्रममा उनिहरुले महानगरको इतिहासलाई जीवन्त राख्नुपर्ने सुझाव दिए । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले महानगरभित्र लिच्छिविकालीन समयका कला, कौशलता तथा संस्कृतिले यहाँको सभ्यता…